गाँजा तस्करीमा एम्बुलेन्सको दुरुपयोग
विराटनगर, साउन २२– रातको करिब ११ बजे। मिति थियो, २९ वैशाख २०८३। धरानको मुख्य बजार क्षेत्र भानुचोकबाट करिब ५ किलोमिटर उत्तर कोशी राजमार्गको सडक किनारमा एउटा एम्बुलेन्स बेवारिसे अवस्थामा रोकिएको थियो। रात गहिरिंदै थियो, सडक सुनसान बन्दै गएको थियो। तर, एम्बुलेन्सको अस्वाभाविक उपस्थितिले स्थानीयको ध्यान तान्यो। बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स यसरी सुनसान सडकमा चालक र बिरामी विना छाडिएको देखेपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय धरानलाई खबर गरे। बिरामी र चालक नभएको को१च ७३५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले प्लास्टिकमा प्याक गरिएको ४४९ किलोग्राम गाँजा फेला पार्यो। बिरामीको जीवन बचाउन प्रयोग हुनुपर्ने एम्बुलेन्स त लागूऔषध ओसारपसारको माध्यम पो बनेको रहेछ! प्रहरीले एम्बुलेन्सको…