चितवनमा डेढ महिनादेखि लाइसेन्स ट्रायल सेवा ठप्प, सर्वोच्चको आदेशपछि नयाँ टेन्डर प्रक्रिया अन्योलमा
चितवन, भदौ २२ – चितवनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा सेवा डेढ महिनादेखि ठप्प छ। भरतपुरस्थित यातायात व्यवस्था कार्यालयले भदौ १० गते सूचना जारी गर्दै ‘विशेष कारणवश’ चालक अनुमति पत्रको लिखित, प्रयोगात्मक तथा पुनःप्रयोगात्मक परीक्षा हाललाई स्थगित गरिएको जनाएको छ। तर, कार्यालयले औपचारिक सूचना जारी गर्नुअघि नै करिब डेढ महिनादेखि ट्रायल सेवा अवरुद्ध थियो। सेवा बन्द हुँदा नयाँ लाइसेन्स, वर्ग थप तथा पुनःप्रयोगात्मक परीक्षाका लागि आवेदन दिने सेवाग्राही प्रभावित भएका छन् । भरतपुरका रमेश भट्टले जिल्लामै ट्रायल सेन्टर हुँदाहुँदै सेवा बन्द भएपछि एक महिनादेखि लाइसेन्सका लागि पर्खिरहेको बताए । ‘जिल्लामै ट्रायल सेन्टर भएकाले बाहिर जानु नपर्ला…