Day: २० भाद्र २०८३, शनिबार १७:१४

भोटेकोशी बाढीपीडितको पीडामा देशको साथ, राहतका लागि सहयोग जुट्दै

भोटेकोशी बाढीपीडितको पीडामा देशको साथ, राहतका लागि सहयोग जुट्दै

बाँके, भदौ २० – भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त विवरणअनुसार विभिन्न २१ वटा सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत रूपमा सो रकम सङ्कलन गरी सहयोग गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि बाँकेबाट विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिरहेका बताउनुभयो । रेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट सबैभन्दा बढी नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु छ लाख एक हजार प्रदान गरेको…
Read More
रसुवा बाढीपछि चितवनमा रेडक्रसको शव व्यवस्थापन र मनोसामाजिक सहायता तीव्र

रसुवा बाढीपछि चितवनमा रेडक्रसको शव व्यवस्थापन र मनोसामाजिक सहायता तीव्र

भरतपुर, भदौ २० – रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका शवको व्यवस्थापन तथा पीडित परिवारलाई मनोसामाजिक सहायता प्रदान गर्ने कार्यलाई नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले तीव्रता दिएको छ । भाद्र १० गते आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि नारायणी नदीको तटीय क्षेत्रमा समेत त्यसको प्रभाव परेको हो । नदीको जलसतह घट्दै गएसँगै किनार तथा आसपासका क्षेत्रमा थप शव फेला पर्न थालेपछि रेडक्रसले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा स्वयंसेवक परिचालन गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ । बाढी आएको दिनदेखि हालसम्म नदी किनार तथा शव होल्डिङ सेन्टरमा…
Read More
बाढीको ११औँ दिनमा चमत्कारः नुवाकोटमा वृद्ध महिला र रसुवामा चिनियाँ नागरिक जीवितै उद्धार

बाढीको ११औँ दिनमा चमत्कारः नुवाकोटमा वृद्ध महिला र रसुवामा चिनियाँ नागरिक जीवितै उद्धार

काठमाडौं, भदौ २० – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा फसेकी नुवाकोटकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको ११ दिनपछि सकुशल उद्धार गरिएको छ । बाढी प्रभावित विदुर नगरपालिका–१०, वेत्रावतीस्थित आफ्नै घरको चौथो तलाबाट श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो । सशस्त्र प्रहरी बल, १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वको टोलीले श्रेष्ठको उद्धार गरेको हो । गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढी प्रभावित बस्तीमा घरभित्र रहेका सामग्री हटाउन तथा सहयोग गर्न पुगेको उद्धार टोलीले घरभित्रबाट महिलाको आवाज सुनेपछि तत्काल खोजी गरेको थियो । खोजीका क्रममा चन्द्रिका हिलोमा गाडिएको अवस्थामा फेला…
Read More