Day: १ भाद्र २०८३, सोमबार १५:०९

चितवनमा स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

चितवनमा स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

चितवन, भदौ १- मधेस, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न गरिएको छ । चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा तीनदिने ‘ट्रुप लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो । तालिम संयोजक आकाश न्यौपानेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बहन गर्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा स्काउट विद्यार्थीलाई नेतृत्व, टोली व्यवस्थापन तथा सामाजिक जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । पूर्वस्काउट आयुक्त इन्दु सुवेदीले ‘चेन अफ कमान्ड’मा रहेर काम गर्ने स्काउट प्रणालीले विद्यार्थीलाई अनुशासन र जिम्मेवारी बहन गर्न सिकाउने बताउनुभयो । उहाँले असल विद्यार्थी…
Read More
चितवनमा ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण

चितवनमा ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण

चितवन, भदौ १ – सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो । पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका–८ का १५० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो । संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप ५०० चुलो वितरणका लागि सिफारिस प्राप्त भएको छ । समुदायको आवश्यकता पहिचान गरी ती चुलोसमेत क्रमशः वितरण गरिने उहाँले बताउनुभयो । सपना भिलेज सोसियल इम्प्याक्टले विगत दुई वर्षदेखि सुधारिएको चुलो उत्पादन तथा वितरण गर्दै आएको छ…
Read More
श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, भदौ १- नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ…
Read More
आजदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

काठमाडौं, भदौ १- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्। म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने सङ्घले जनाएको छ। सङ्घले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि अब आजदेखि पूर्ण रूपमा काम–कारोबार ठप्प गर्ने जनाएको छ। सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले बेलुका १२ बजेसम्म सबै म्यानपावरलाई प्रक्रिया पूरा भएकाको उडान गर्ने एक…
Read More
चितवनमा विद्यालय सवारीको गति नियन्त्रण, उपकरण नजडान गरे सञ्चालन रोक

चितवनमा विद्यालय सवारीको गति नियन्त्रण, उपकरण नजडान गरे सञ्चालन रोक

नारायणगढ (चितवन), भदौ १– चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो । बैठकले विद्यालयका सवारीसाधनमा १५ दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गर्नुपर्ने र त्यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछ । गति नियन्त्रण प्रविधि जडान नगरेका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला…
Read More