Day: २४ श्रावण २०८३, आईतवार १८:३१

वन्यजन्तुले आक्रमण गर्ने जोखिम बढेपछि माडी जाने सडकको झाडी सफाइ गरिँदै

वन्यजन्तुले आक्रमण गर्ने जोखिम बढेपछि माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ (चितवन), साउन २४- चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकको छेउछाउमा बढेको झाडी सफाइ गर्न थालिएको छ । बर्खाको समयमा सडकको दायाँबायाँ झाडी बढ्दै जाँदा वन्यजन्तु लुकेर बस्ने र सवारीसाधन तथा यात्रुमाथि आक्रमण गर्नसक्ने, दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक छेउको झाडी फँडानी गर्न थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयबीचको समन्वयमा सडक डिभिजनले आजदेखि झाडी सफाइको काम सुरु गरेको हो । निकुञ्जको कसरा चोकबाट रिउखोलासम्मको सडक क्षेत्रमा झाडी सफाइ गरिने उहाँले जानकारी दिनुभयो । “सडक छेउछाउमा वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर…
Read More
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन, साउन २४- चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो । करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको हो । अहिले भएको भूमिगत विद्युतीकरणमा पटकपटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ । पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार आठ मेघावाटको हुँदा समयसमयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बताउनुभयो । उहाँका अनुसार…
Read More
चेपाङ बस्तीमा २ हजार फलफूलका बिरुवा वितरण, आपदेखि लिच्ची र कटहरसम्मले बढाउनेछ पोषण र आम्दानी

चेपाङ बस्तीमा २ हजार फलफूलका बिरुवा वितरण, आपदेखि लिच्ची र कटहरसम्मले बढाउनेछ पोषण र आम्दानी

चितवन, साउन २४ – चेपाङ समुदायको पोषणमा सुधार ल्याउँदै घरमै फलफूल उत्पादनमार्फत आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले चितवनका चेपाङ बस्तीमा २ हजार उन्नत जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ। ‘आज रोपेको एउटा बिरुवा, भोलिको स्वच्छ र हरियाली भविष्यको आधार हो’ भन्ने नारासहित राप्ती र कालिका नगरपालिकाका चेपाङ समुदायको बाहुल्य रहेका विभिन्न वडामा फलफूलका बिरुवा वितरण तथा रोपण गरिएको हो। गर्मी मौसममा राम्रो उत्पादन दिने आप, लिच्ची, कटहर, मेवा, अम्बा लगायतका फलफूलका बिरुवा वितरण गरिएको कार्यक्रम संयोजक श्रीलाल परियारले जानकारी दिनुभयो। गाउँमै विभिन्न प्रजातिका फलफूलका बिरुवा निःशुल्क पाएपछि स्थानीय चेपाङ समुदाय खुसी भएका छन्। फलफूलका बिरुवा वितरण गर्नुको मुख्य उद्देश्य…
Read More
बेवारिसे लास व्यवस्थापनदेखि पुनर्जीवनसम्म : युवालाई सामाजिक अभियानमा जोडिन विनयजंग बस्नेतको आह्वान

बेवारिसे लास व्यवस्थापनदेखि पुनर्जीवनसम्म : युवालाई सामाजिक अभियानमा जोडिन विनयजंग बस्नेतको आह्वान

भरतपुर , साउन २४ – बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको आयोजनामा सामाजिक सचेतनामूलक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ‘चितवन युवा भेला’ सम्पन्न भएको छ। शनिबार हाकिमचोकस्थित सीएनटी होटलमा आयोजित कार्यक्रममा युवाहरूलाई सामाजिक सेवामा सक्रिय हुन आह्वान गरिएको थियो। कार्यक्रमको अध्यक्षता बेवारिसे लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय अध्यक्ष विनयजंग बस्नेतले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि ध्रुव केसी उपस्थित थिए। विशिष्ट अतिथिमा राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरका उपसभापति दिवाकर राज श्रेष्ठ रहेका थिए। त्यस्तै रिकभरिङ नेपालका बागमती प्रदेश सल्लाहकार भरत घिमिरे, सामाजिक अभियन्ता नगेन्द्र देउजा, द युनाइटेड चितवनका अध्यक्ष सविन राणालगायतको उपस्थिति थियो।…
Read More
चितवनका युवा उद्यमी कृष्ण सापकोटा नेपाल युवा उद्यमी मञ्चको द्वितीय उपाध्यक्षमा निर्वाचित

चितवनका युवा उद्यमी कृष्ण सापकोटा नेपाल युवा उद्यमी मञ्चको द्वितीय उपाध्यक्षमा निर्वाचित

काठमाडौं, साउन २४- चितवनका युवा उद्यमी तथा वैष्णवका सञ्चालक कृष्ण सापकोटा नेपाल युवा उद्यमी मञ्च(NYEF) को राष्ट्रिय गभर्निङ काउन्सिलको द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। काठमाडौंस्थित सोल्टी होटलमा २०८३ साउन २३ गते सम्पन्न नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय साधारण सभाबाट सापकोटा द्वितीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। युवा उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा उद्यमीहरूबीच सहकार्य विस्तारमा सक्रिय सापकोटा यसअघि नेपाल युवा उद्यमी मञ्च चितवन शाखाको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। चितवनको युवा उद्यमशीलता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका सापकोटाको राष्ट्रिय गभर्निङ काउन्सिलमा भएको निर्वाचनले चितवन शाखाको प्रतिनिधित्वलाई समेत थप मजबुत बनाएको छ। सापकोटाको नेतृत्वमा युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, उद्यमशीलताको प्रवर्द्धन तथा देशभरका युवा व्यवसायीबीच…
Read More
कालोबजारी रोक्न उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइने

कालोबजारी रोक्न उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौँ, साउन २४- खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी हुन् । ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि बजारमा अभाव देखाएर उपभोक्तालाई महँगोमा ग्यास बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनमा प्रहरीको सहयोग मागेकी थिइन् । मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी…
Read More
हुलाक कार्यालय चितवनले हुलाकबाट ग-यो एक करोड राजस्व सङ्कलन

हुलाक कार्यालय चितवनले हुलाकबाट ग-यो एक करोड राजस्व सङ्कलन

चितवन, साउन २४– जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु एक करोड नौ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट रु ५८ लाख ७२ हजार तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट रु ५० लाख ४४ हजार सङ्कलन भएको हो । गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विनियोजित कुल रु छ करोड ३३ लाख ६१ हजार वार्षिक बजेटमध्ये रु पाँच…
Read More
बाढी पहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित

बाढी पहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौँ, साउन २४- वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ । यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म…
Read More
एक्सपर्ट चितवनले मनायो २३औं वार्षिकोत्सव

एक्सपर्ट चितवनले मनायो २३औं वार्षिकोत्सव

चितवन, साउन २४– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २३औं वार्षिकोत्सव मनाएको छ । शनिबार भरतपुर–१०, स्थित बेस क्याम्पमा एक विशेष कार्यक्रम गर्दै एक्सपर्टले वार्षिकोत्सव मनाएको हो । एक्सपर्ट हेटौंडा, कावासोती र चितवनमा रहेका ३ वटा शाखा गरि चितवन रिजनका सबै परिवार एक ठाउँमा भेला भएर विभिन्न कार्यक्रम, सम्मान र आत्मीयताका साथ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा चितवनको विकट क्षेत्र शक्तिखोरमा रहेको चेपाङ छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरिएको थियो । शिक्षा र विद्यार्थीको हितमा आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा एक्सपर्टले…
Read More
४ हजार ८ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नाघ्यो ३ लाख

४ हजार ८ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नाघ्यो ३ लाख

काठमाडौं, साउन २४- नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यपनि ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५८ हजार ६ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९८३ रुपैयाँ कायम भएको…
Read More