Day: २२ श्रावण २०८३, शुक्रबार १८:१९

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

चितवन, साउन २२ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व जोगाउनका लागि हात्ती सेन्चुरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जति मानवलाई बाँच्ने अधिकार छ, त्यति जीवजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ । उनीहरुलाई सुरक्षित स्थानमा रही बाँच्न पाउने अधिकार रक्षाका लागि हात्ती सेन्चुरी मनाउन लागिएको छ ।” हात्ती सेन्चुरीजस्तै टाइगर सेन्चुरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका…
Read More
गाँजा तस्करीमा एम्बुलेन्सको दुरुपयोग

गाँजा तस्करीमा एम्बुलेन्सको दुरुपयोग

विराटनगर, साउन २२– रातको करिब ११ बजे। मिति थियो, २९ वैशाख २०८३। धरानको मुख्य बजार क्षेत्र भानुचोकबाट करिब ५ किलोमिटर उत्तर कोशी राजमार्गको सडक किनारमा एउटा एम्बुलेन्स बेवारिसे अवस्थामा रोकिएको थियो। रात गहिरिंदै थियो, सडक सुनसान बन्दै गएको थियो। तर, एम्बुलेन्सको अस्वाभाविक उपस्थितिले स्थानीयको ध्यान तान्यो। बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स यसरी सुनसान सडकमा चालक र बिरामी विना छाडिएको देखेपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय धरानलाई खबर गरे। बिरामी र चालक नभएको को१च ७३५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले प्लास्टिकमा प्याक गरिएको ४४९ किलोग्राम गाँजा फेला पार्‍यो। बिरामीको जीवन बचाउन प्रयोग हुनुपर्ने एम्बुलेन्स त लागूऔषध ओसारपसारको माध्यम पो बनेको रहेछ! प्रहरीले एम्बुलेन्सको…
Read More
चितवनका मानव बस्तीमा बाघ र चितुवाको गतिविधि बढेपछि अनुगमन गर्न क्यामरा जडान

चितवनका मानव बस्तीमा बाघ र चितुवाको गतिविधि बढेपछि अनुगमन गर्न क्यामरा जडान

चितवन, साउन २२- डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ । मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा ‘ट्यापिङ’का लागि क्यामरासहित खोर राखिएको छ । त्यस नजिकै बाँसझ्याङमा अर्को क्यामेरा जडान गरिएको छ । सोही क्रममा पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चा उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ । डिभिजन कार्यालयका अनुसार, बच्चा खोरमा परेपछि क्यामरा ट्यापिङमा…
Read More
खानेतेलको मूल्यवृद्धि, भान्सामा सास्ती

खानेतेलको मूल्यवृद्धि, भान्सामा सास्ती

काठमाडौं, साउन २२- नयाँ आर्थिक वर्ष साउन लागेसँगै बजारमा खानेतेल तथा घिउको मूल्य बढेको छ । तेल तथा घिउको मूल्य दुई साता अवधिमै प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेपछि उपभोक्ताको भान्सा निकै महँगो बनेको छ । सबै प्रकारका खानेतेलको आकासिँदो भाउले उपभोक्ताको भान्साको बजेट मात्रै बिगारेको छैन, हरेक उपभोग्य वस्तुको भाउ बढ्दा महँगी मारमा परेका नागरिकको दैनिकी झनै कष्टकर बनाइदिएको छ । खानेतेलको मूल्य १५ दिनमै १५ रुपैयाँसम्म बढ्दा खुद्रा व्यापारी र ठूला उद्योगी–आयातकर्ताबीच ‘कसले भाउ बढायो’ भन्ने आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ । लामो समयदेखि उपभोक्ताको भान्सा कसरी महँगिदै छ भन्ने बुझ्न खुद्रा व्यापार संघको तथ्यांक नै काफी छ ।…
Read More
२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

काठमाडौं, साउन २२- आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको हो। करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा खरिद गरी योग्य रूपमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ। विभागले करदातालाई बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो। अब प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम…
Read More