Day: १८ श्रावण २०८३, सोमबार १४:२३

चितवनमा बेपत्ताको संख्या बढ्दो, एक वर्षमा ८९ जना अझै सम्पर्कविहीन

चितवनमा बेपत्ताको संख्या बढ्दो, एक वर्षमा ८९ जना अझै सम्पर्कविहीन

चितवन, साउन १८– जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने र त्यहाँ हामफालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उहाँले बताउनुभयो । यसैगरी, घर फर्किएकाहरु कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी भएको हो । सुरुमा प्रहरीमा टिपाएको नम्बर पछि परिवर्तन हुने र सम्पर्क…
Read More
चितवनमा बाघको सुरक्षित बासस्थान बन्यो राप्ती नदी तटीय क्षेत्र

चितवनमा बाघको सुरक्षित बासस्थान बन्यो राप्ती नदी तटीय क्षेत्र

काठमाडौँ, साउन १८- नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको सङ्ख्या धेरै रहेको पाइएको हो । बाघको सङ्ख्या नदी तटीय क्षेत्रमा धेरै र मानव गतिविधि हुने वन क्षेत्रमा तुलनात्मक कम देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । “चितवनको राप्ति नदी किनार क्षेत्रमा धेरै बाघ देखिएका छन्,” उहाँले भन्नुभयो, “लालझाडी क्षेत्रमा भने वन अतिक्रमण, मानिसको आवतजावतलगायत कारणले होला बाघको उपस्थिति निकै कम देखियो ।” कृषि, वन तथा पर्यावरणले विश्व बाघ दिवसका अवसरमा गत बुधबार…
Read More
आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ, साउन १८ – आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ । आज राति…
Read More
नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, साउन १८- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल\मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो । यसैगरी ,अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ । इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ ६ पैसा बढेर आएको छ ।
Read More