Day: १२ श्रावण २०८३, मंगलवार १८:४२

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन, साउन १२- जिल्ला प्रशासन कार्यालय, चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरोको जोखिम बढेपछि आज राति ८ : ०० बजेदेखि भोलि बिहान ५ :०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खसिरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ। प्रशासनले यात्रु तथा चालकलाई वैकल्पिक योजना बनाएर मात्र यात्रा गर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। आवश्यक सूचना तथा समन्वयका लागि नेपाल प्रहरी (१००), सशस्त्र…
Read More
नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी

काठमाडौँ, साउन १२– असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा त्यसपछिको घटनामा प्रशासनले कारबाही गर्नुको साटो आफूहरूमाथि दुर्व्यवहार गरेपछि असुरक्षित महशुस गरी सामूहिक राजीनामा दिएको चिकित्सक डा. उदयनारायण सिंहले बताए। उनका अनुसार ६७ चिकित्सकले सामूहिकमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए। ‘हामी माथि नै भएको आक्रमणलाई सेटल डाउन गरेर बिरामीको सेवामा फर्कने वातावरण बनोस् भनेर प्रहरी र प्रशासनसँग वार्तामा गएका थियौँ’, उनले भने, ‘तर त्यहाँ हामीलाई झन् दुई-तीन घण्टा थुनेर अपराधीलाई जसरी अपशब्द बोलेर दुर्व्यवहार…
Read More
चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

चितवन, साउन १२– चिकित्सकहरुको आन्दोलनका कारण आज चितवनका सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका ओपीडीलगायतका सेवा बन्द भएको छ । जिल्लाको भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायतमा ओपीडी सेवा बन्द गरिएको हो । भरतपुर अस्पतालमा विहानैदेखि बिरामीहरु उपचारका लागि टोकन लिएर बसेका थिए । तर पछि मात्रै ओपीडी सेवा बन्द बारेको सूचना टाँस गरिएपछि बिरामी मर्कामा परेका छन् । तनहुँबाट उपचारको लागि आएकी सीता वि.क. ओपीडी सेवा बन्द हुँदा समस्यामा परेको गुनासो गरिन् । ढाँड दुखेर उपचार गर्न आउँदा धेरै समयपछि मात्रै ओपीडी बन्द बारे जानकारी पाएको बताइन् । ‘हिजै जानकारी पाएको भए आज दुःख व्यहोर्न पर्थेन, अस्पताल…
Read More
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन, साउन १२ – नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै अहिले १ः१५ बजेबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ । यसअघि ११ः१५ बजे नै सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो । पहिरो पन्छाउनका नारायणगढबाट लोडर, स्काभेटर र व्याक हु तथा मुग्लिनबाट पनि लोडर प्रयोग गरिएको थियो । त्यो ठाउँमा ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि…
Read More
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दुई घण्टासम्म यातायात प्रभावित

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दुई घण्टासम्म यातायात प्रभावित

चितवन, साउन १२– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ । रासस
Read More