Day: ३१ असार २०८३, बुधबार १७:१८

कुखुरापालक किसानलाई ५० करोड राहत

कुखुरापालक किसानलाई ५० करोड राहत

ललितपुर, असार ३१- सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई रु ५० करोड ७१ लाख राहत उपलब्ध गराएको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो । बर्डफ्लु नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्तिस्वरुप किसानले पक्रिया पूरा गरेर कागजात बुझाएमा क्षतिको ७५ प्रतिशत राहत प्रदान गर्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि पछिल्लो तीन महिना देशभर करिब सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार…
Read More
चितवनसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

चितवनसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

चितवन, असार ३१- जल तथा मौसम विज्ञान विभागले निरन्तर वर्षाका कारण चितवनसहित देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही तथा चितवन लगायतका जिल्लामा बग्ने साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। त्यसैगरी गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा पनि साना नदी तथा खोलाको…
Read More
आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

काठमाडौं,असार ३१- नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते)देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ । ग्यास आपूर्ति सहज भएसँगै पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ । मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसअघि भारतबाट ग्यास आयातमा समस्या आएपछि निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ केजी) मा मात्र ग्यास भरेर बिक्री–वितरण गर्दै आएको थियो । हाल आयात सहज भएको र बजारमा भरी सिलिन्डरको माग बढेकाले पुनः पुरानै व्यवस्था लागू…
Read More
अविरल वर्षाको असर मौरीपालनमाः रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

अविरल वर्षाको असर मौरीपालनमाः रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन),असार ३१- सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार वडा नं ११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र वडा नं ९ को लालपर्सामा राखिएका मौरीघार बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उहाँले बताउनुभयो । मनिखोला क्षेत्रमा शङ्कर भट्ट (रत्ननगर–१२) का २५०…
Read More
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना,रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना,रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं, असार ३१- देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । ६ वटा प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको हो । रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेश तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको…
Read More