Day: ३० असार २०८३, मंगलवार १७:२४

सौराहाको सामुदायिक सीप केन्द्रमा चोरी, डेढ लाख बराबरका सामग्री चोरी

सौराहाको सामुदायिक सीप केन्द्रमा चोरी, डेढ लाख बराबरका सामग्री चोरी

रत्ननगर, असार ३०– चितवनको सौराहास्थित मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिद्वारा सञ्चालित सामुदायिक सीप केन्द्रमा चोरी भएको छ। सोमबार राति केन्द्रको पछाडिको ढोका फुटाएर प्रवेश गरेका चोरले केन्द्रमा रहेका विभिन्न विद्युतीय तथा अन्य सामग्री चोरी गरेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष गणेश खतिवडाले जानकारी दिए। समितिकी उपाध्यक्ष सरस्वती लामाका अनुसार चोरी भएका सामग्रीमा १६५ एम्पियरका दुई वटा ब्याट्री, १० केभीएको एक भोल्ट गार्ड, एउटा सिलिङ फ्यान, कफी कप सेट, कफी बनाउने सामग्री तथा विभिन्न गुडियाका सामग्री रहेका छन्। उनका अनुसार चोरीबाट करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। घटनास्थल नजिकै रहेको सीसीटीभी क्यामरामा चोरीको दृश्य कैद भएकाले चोरीमा संलग्न…
Read More
मञ्जुश्री फाइनान्सद्वारा बैरिया माविलाई वाटर डिस्पेन्सर सहयोग

मञ्जुश्री फाइनान्सद्वारा बैरिया माविलाई वाटर डिस्पेन्सर सहयोग

रत्ननगर, असार ३०– मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत रत्ननगरस्थित श्री बैरिया माध्यमिक विद्यालयलाई आधुनिक पिउने पानी वितरण यन्त्र (वाटर डिस्पेन्सर) हस्तान्तरण गरेको छ। टाँडी शाखाको पहलमा विद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा विद्यार्थी तथा विद्यालय परिवारलाई स्वच्छ, सुरक्षित र सहज रूपमा पिउने पानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो। कार्यक्रममा फाइनान्सका प्रतिनिधिले विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विद्यालय समयमा स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न सहयोग गरिएको बताए। उनका अनुसार स्वस्थ विद्यार्थी नै गुणस्तरीय शिक्षाको आधार भएकाले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइनेछ। मञ्जुश्री फाइनान्स लिमिटेडले व्यवसायिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा…
Read More
चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन, असार ३०– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत खर्च भएको छ । चितवन बिकासका लागि प्राप्त रु १० अर्ब २१ करोड ८५ लाखमध्ये रु पाँच अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बोलपत्रदाताले कम रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ ।” चालुतर्फ रु १४ अर्ब १८ करोड ४८ लाखमध्ये रु १३ अर्ब ५० करोड ३७ लाख खर्च भएको छ । स्थानीय तहमा जाने…
Read More
पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, असार ३०- नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारणसाँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा झरेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे जानकारी दिनुभयो । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो । इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुईन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको…
Read More
कोशीको जग्गा खाली गराउन सक्रिय सरकार, भरतपुर अस्पतालको १९ बिघा अतिक्रमित जग्गा अझै अलपत्र

कोशीको जग्गा खाली गराउन सक्रिय सरकार, भरतपुर अस्पतालको १९ बिघा अतिक्रमित जग्गा अझै अलपत्र

भरतपुर, असार ३० – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनपछि विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गामा बनेका ३२ वटा व्यावसायिक सटर हटाइए पनि भरतपुर अस्पतालको १९ बिघा जग्गा भने अझै खाली हुन सकेको छैन। तीन दशकदेखि विभिन्न संस्था तथा निजी क्षेत्रले प्रयोग गर्दै आएको अस्पतालको जग्गा फिर्ता ल्याउने प्रक्रिया अझै अन्योलमा छ। भरतपुर अस्पतालको नाममा करिब ३१ बिघा जग्गा रहेको छ। तर अस्पतालले हाल करिब ११ बिघा मात्र उपयोग गर्दै आएको छ। बाँकी १९ बिघा जग्गा कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज), नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित आँखा अस्पताल, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र साझा स्वास्थ्य सेवाले प्रयोग…
Read More
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौँ, असार ३० – जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु (मानव सञ्चालितः ४५ र स्वचालितः २९०) मा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा २४३ वटा केन्द्रमा वर्षा भएको छ । केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा (३१९.८ मि मि) चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ । सोही केन्द्रका आसपासका तीन वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ भने देशभरि १०० मिमीभन्दा बढी वर्षा २३ वटा केन्द्रहरूमा…
Read More