Day: २८ असार २०८३, आईतवार १३:१५

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवन ,असार २८- कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् । २०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । यसै क्रममा मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मंगले बोटेसँग पनि भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी…
Read More
रत्ननगर–५ को उदाहरणीय पहल : घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रत्ननगर–५ को उदाहरणीय पहल : घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रत्ननगर, असार २८- रत्ननगर नगरपालिका वडा नं. ५ ले वडा कार्यालय वा बैंकसम्म पुग्न असमर्थ ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। वडाध्यक्ष बालकृष्ण चापागाईंको अग्रसरतामा वडा कार्यालय र कृषि विकास बैंक सौराहा शाखाको सहकार्यमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत २० जना लाभग्राहीलाई उनीहरूको घरमै पुगेर भत्ता वितरण गरिएको हो। वडा सचिव दिनेश सुवेदीका अनुसार शारीरिक अवस्था, वृद्धावस्था तथा अन्य कारणले वडा कार्यालय वा बैंकसम्म पुग्न नसक्ने सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। यसबाट लाभग्राहीलाई सेवा लिनका लागि हुने झन्झट र अतिरिक्त…
Read More
रोकिएन ध्रुबे हात्तीको आंतक, माडीमा घर भत्कायो

रोकिएन ध्रुबे हात्तीको आंतक, माडीमा घर भत्कायो

चितवन, असार २८- चितवनको माडी नगरपालिका–१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एक घरमा आक्रमण गरी भत्काएको छ। घरभित्र रहेका परिवारका सदस्य भने समयमै बाहिर निस्कन सफल भएकाले सकुशल जोगिएका छन्। स्थानीय दीपक बोटको घरमा गएराति करिब १२:३० बजे ध्रुबे हात्तीले आक्रमण गरी घर भत्काउन थालेको थियो। हात्ती गाउँमा प्रवेश गरेको थाहा पाएलगत्तै स्थानीयवासी ट्र्याक्टरसहित घटनास्थलमा पुगेर ध्रुबेलाई जंगलतर्फ धपाएका थिए। स्थानीयको सक्रियताका कारण थप जनधनको क्षति तथा मानवीय हताहती हुनबाट जोगिएको बताइएको छ। ध्रुबे हात्तीले हालसम्म २५ जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। पछिल्लोपटक पनि दुई जनाको मृत्यु भएपछि उक्त हात्तीको खोजी तथा नियन्त्रणका लागि निकुञ्जको प्राविधिक टोली परिचालन गरिएको छ।…
Read More