Day: २४ असार २०८३, बुधबार १८:५६

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा

काठमाडौँ , असार २४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक गुन्जेश्वर मण्डल विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। विद्यालयमा माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक मण्डलको पीसीएल र स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि आयोगले बुधबार मुद्दा दायर गरेको हो। शिक्षक मण्डलले शिक्षक पेसामा नियुक्ति लिने क्रममा भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट आईएस्सी र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उनले ती नक्कली प्रमाणपत्रका आधारमा माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदमा नियुक्ति लिई सरकारी ओहदा, लाभ र सुविधा समेत…
Read More
तुइन खोलामा पहिरो नियन्त्रणका लागि ठेक्का प्रक्रिया सुरु, १० महिनामा काम सम्पन्न गर्ने लक्ष्य

तुइन खोलामा पहिरो नियन्त्रणका लागि ठेक्का प्रक्रिया सुरु, १० महिनामा काम सम्पन्न गर्ने लक्ष्य

चितवन, असार २४- आज तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान भएको छ । आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो । खोलामा गइरहने पहिरोका कारण यसअघि यात्रुले सास्ती बेहोर्नुपरेको थियो । पहिरोको उच्च जोखिममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा गत वर्षको असोज ३ र ७ गते ठूलो पहिरो खस्दा १०४ घण्टा सडक अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय, चितवनका प्राविधिक अर्जुन घिमिरेले सम्झौताअनुसार छनोट भएको कम्पनीले तुइन खोलामा आगामी दश महिनाभित्रनै पहिरो रोकथामको काम…
Read More
अटिजम भएका विद्यार्थीलाई रत्ननगर उद्योग वाणिज्य सङ्घको सहयोग, खेलकुद सामग्री हस्तान्तरण

अटिजम भएका विद्यार्थीलाई रत्ननगर उद्योग वाणिज्य सङ्घको सहयोग, खेलकुद सामग्री हस्तान्तरण

रत्ननगर , असार २४ – रत्ननगर उद्योग वाणिज्य सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका–१३ अमिलियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको अटिजम स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामग्री हस्तान्तरण गरेको छ। बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा अटिजम भएका बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग पुग्ने उद्देश्यले विभिन्न खेलकुद सामग्री प्रदान गरिएको हो। कार्यक्रममा सङ्घका अध्यक्ष शंकर गिरीले विशेष आवश्यकता भएका बालबालिकाको समग्र विकासमा खेलकुद प्रभावकारी माध्यम भएको उल्लेख गर्दै खेलकुदले उनीहरूको शारीरिक तन्दुरुस्ती, सामाजिक घुलमिल र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सङ्घले यस्तो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। कार्यक्रमका…
Read More
गुणस्तर र सरसफाइको प्रतिबद्धतासहित भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

गुणस्तर र सरसफाइको प्रतिबद्धतासहित भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

भरतपुर , असार २४ – गुणस्तर, सरसफाइ र ग्राहकको विश्वासलाई केन्द्रमा राख्दै भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा आएको छ। संस्थाले अबका दिनमा खाद्य सुरक्षासम्बन्धी सबै मापदण्ड कडाइका साथ पालना गर्दै अझ गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाका सञ्चालकका अनुसार विगतका अनुभवबाट आवश्यक सिकाइ लिँदै उत्पादन प्रक्रिया, भान्सा व्यवस्थापन, खाद्य गुणस्तर र सरसफाइका सम्पूर्ण पक्षलाई थप व्यवस्थित बनाइएको छ। ग्राहकको विश्वासलाई कायम राख्दै सेवा प्रवाहमा निरन्तर सुधार गर्ने लक्ष्यका साथ संस्था पुनः सञ्चालनमा आएको उनले बताए। नारायणगढ, भरतपुर, परसा र हेटौंडाबाट सेवा प्रदान गर्दै आएको वैष्णव मिस्ठान्नले स्थानीय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएको जनाएको छ। संस्थाले…
Read More
२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई बेहोस बनाएर दाह्रा काटिने

२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई बेहोस बनाएर दाह्रा काटिने

चितवन, असार २४ – पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उक्त हात्तीले गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताउनुभयो । उहाँका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ । त्यस हात्तीले मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय दुई…
Read More
चितवनकी इन्दिरा श्रेष्ठको मूर्तिकारिताले बनायो प्रेरणादायी पहिचान

चितवनकी इन्दिरा श्रेष्ठको मूर्तिकारिताले बनायो प्रेरणादायी पहिचान

बागमती,असार २४ – चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित ‘डिभाइन आर्ट स्टुडियो’का सञ्चालिका इन्दिरा श्रेष्ठको मूर्तिकारिता यतिखेर अन्यका लागि पनि प्रेरक बनेको छ । बाल्यावस्थाबाटै आफ्नो मूर्तिकारिताप्रतिको रुचिलाई व्यावहारिक जीवनमा सशक्त प्रयोग गरिरहनुुभएकी उहाँले यसबीचमा धेरै सङ्ख्यामा मूर्तिहरू निर्माण गरिसक्नुुभएको छ । देशका विभिन्न स्थानमा उहाँले तयार गरेका मूर्तिहरू पुगिसकेका छन् भने ठाउँठाउँमा हुने गरेको विभिन्न मूर्ति कार्याशालामा पनि उहाँको माग उत्तिकै बढ्दो छ । हालै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित मझुवागढी मूर्ति कार्याशाला पुुगेर उहाँले साप्सु खोलाका ढुङ्गामा हेर्दै मनमोहक लाग्ने प्रकृतिपरक चरी अमिलीको पात निर्माण सम्पन्न गरिसक्नुुभएको छ । उहाँले तयार गरेका विभिन्न स्थानमा सजाइएका मूर्तिले पनि उहाँको मूर्तिकारितालाई…
Read More