Day: ५ असार २०८३, शुक्रबार १६:०१

भरतपुर अस्पतालमा बिरामीको भीड, सिटीस्क्यान बन्द हुँदा थप सास्ती

भरतपुर अस्पतालमा बिरामीको भीड, सिटीस्क्यान बन्द हुँदा थप सास्ती

चितवन, असार ५ – चितवनस्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ । देशको मध्यभागमा अवस्थित तथा सडक सञ्जालमार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएकाले भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । पछिल्ला दिनमा अस्पतालको बहिरङ्ग (ओपिडी) सेवामा बिहानैदेखि अत्यधिक भीड हुन थालेपछि अस्पतालले पटकपटक सूचना जारी गर्दै सेवा दिनभर उपलब्ध रहने भएकाले बिहानै लाइनमा बस्न आवश्यक नरहेको जनाएको छ । अस्पतालका अनुसार हाल दैनिक तीन…
Read More
चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशनमा रवि-बालेनले सम्बोधन गर्ने

चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशनमा रवि-बालेनले सम्बोधन गर्ने

चितवन,असार ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सम्बोधन गर्ने भएका छन् । महाधिवेशनको पहिलो दिन असार ७ गते आइतबार उद्घाटन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका हुन् । रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि अन्तिम तयारी भइरहेको जनकारी दिए । उनका अनुसार, भोलि ६ गते (शनिबार) साँझ रास्वपा केन्द्रीय समितिको बैठक पनि भरतपुरमै बस्नेछ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने तयारीमा रास्वपा भए पनि महाधिवेशनको अन्तिम कार्यतालिका आइसकेको छैन ।
Read More
रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन), असार ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु भएको छ । रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार ७ गते बिहानसम्म जारी रहनेछ । चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न सर्कुलर जारी गरिएको उहाँको भनाइ छ । महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भएकाले सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि सहभागीहरूलाई…
Read More
घाम–पानीबाट जोगिन भरतपुरमा जर्मन ह्याङ्गर, १५ हजार अट्ने संरचना

घाम–पानीबाट जोगिन भरतपुरमा जर्मन ह्याङ्गर, १५ हजार अट्ने संरचना

चितवन, असार ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटनस्थलमा चर्को घाम र सम्भावित वर्षाबाट जोगिन जर्मन ह्याङ्गर जडान गरिएको छ। भरतपुरको गेस्टहाउस चौरमा करिब ३० हजार स्क्वायर फिट क्षेत्रफलमा अस्थायी संरचना निर्माण गरिएको हो। मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार बीच भागमा २० फिट चौडाइ र ७५ फिट लम्बाइको मुख्य छानोयुक्त ह्याङ्गर राखिएको छ। दुवैतर्फ २० फिट लम्बाइ र ३० फिट चौडाइका सहायक संरचना जडान गरिएका छन्। यी संरचनाको उचाइ बीचमा २४ फिट र छेउछेउमा १४ फिट रहेको छ। उनले करिब १५ हजार जना अट्ने व्यवस्था गरिएको बताए। ह्याङ्गरभित्र महिला, ज्येष्ठ नागरिक तथा असहायका लागि करिब…
Read More
सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन, असार ५- चितवनका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जिल्लामा एक लाख गाईभैँसी पालिएका छन् । कतिपय किसानले आफैँले खोरेतविरुद्धको खोप लगाउने गरेका बताउँदै कार्यालयले पालिकामा रहेका पशुसेवा कार्यालयमार्फत पनि खोप लगाएको उहाँले उल्लेख गर्नुभयो । “भाइरसका कारण यो रोग सर्ने गर्दछ । यस रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखानेजस्ता लक्षण देखिन्छ…
Read More
रास्वपाको महाधिवेशनका लागि भरतपुरमा चहलपहल बढ्यो

रास्वपाको महाधिवेशनका लागि भरतपुरमा चहलपहल बढ्यो

चितवन, असार ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढ्न थालेको छ। असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरू चितवन आउने क्रम जारी छ। रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार सहभागीहरू आउने क्रम महाधिवेशन सुरु हुने दिनसम्म जारी रहनेछ। चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई पिउने पानी, छाता र हल्का कपडा साथमा ल्याउन सुझाव दिइएको छ। साथै, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको छ। महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। आवास तथा भोजन व्यवस्थापन संयोजक…
Read More
चितवन प्रहरीको ठूलो सफलता : अपहृत १६ वर्षीय बालक काठमाडौंबाट सकुशल उद्धार, ६ जना पक्राउ

चितवन प्रहरीको ठूलो सफलता : अपहृत १६ वर्षीय बालक काठमाडौंबाट सकुशल उद्धार, ६ जना पक्राउ

चितवन, असार ५ – फिरौतीका लागि अपहरण गरिएका १६ वर्षीय बालकलाई चितवन प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गर्दै घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ निवासी १६ वर्षीय बालक असार १ गते दिउँसो करिब ४ बजे घरबाट हराएका थिए। सोही दिन राति करिब ११ बजे बालकका बुवाले प्रहरीमा जानकारी गराएपछि खोजी तथा अनुसन्धान प्रक्रिया सुरु गरिएको थियो। अनुसन्धानका क्रममा सोही राति करिब १२ बजे पीडितका बुवाको मोबाइलमा सम्पर्क गरी केही व्यक्तिहरूले बालकको रिहाइका लागि २२ लाख रुपैयाँ फिरौती मागेको खुलेपछि प्रहरीले घटनालाई अपहरणको रूपमा लिएर विशेष अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका…
Read More
यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

काठमाडौँ, असार ५ – यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ । यस वर्ष भने औसतको १४५ दशमलव पाँच प्रतिशत अर्थात् ३३९ दशमलव सात मिलिमिटर पानी परेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । यसैबीच पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा २०८ मिलिमिटर वर्षा (अति भारी वर्षा) भएको मापन गरिएको विभागका सूचना अधिकारी…
Read More