Day: १४ जेष्ठ २०८३, बिहीबार १८:३१

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस

काठमाडौं, जेठ १४ – नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने परम्परा रहेको भन्दै यसपटकको अनुपस्थितिले प्रश्न उठाएको बताइन्। उनले भनिन्, ‘गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयलाई जनताप्रतिको अनुत्तरदायी र गैरजिम्मेवारीको रुपमा नै लिन्छु । किनकी अहिलेसम्मको अभ्यास यो भएको छैन् । उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु…
Read More
चितवनमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादनः निर्यात समेत थालनी

चितवनमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादनः निर्यात समेत थालनी

चितवन, जेठ १४- जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो । उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै भन्नुभयो “अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न सुरुआत गरेका छौँ ।” स्वदेशी उद्यमीको संयुक्त लगानीमा रु एक अर्ब ३० करोड सञ्चालनमा आएको जनाइएको छ । उद्योगमा कच्चा पदार्थ र त्यसबाट बन्ने क्यान्सरका औषधिहरु उत्पादनका लागि काम भइरहेको छ । उहाँले भन्नुभयो, “क्यान्सरको औषधिको कच्चा पदार्थ उत्पादन गरी निर्यात गरेका…
Read More
माथिल्लो त्रिशूली-१ जलविद्युतको ‘वेयरगेट’ सञ्चालन

माथिल्लो त्रिशूली-१ जलविद्युतको ‘वेयरगेट’ सञ्चालन

काठमाडौँ, जेठ १४ – रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली-१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट(ड्यामको गेट) उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताउनुभयो। उहाँले कोरियाका तर्फबाट नेपालमा तीन वटा जलविद्युत् आयोजना निर्माण हुनुका साथै आवश्यक वित्तीय साझेदारी रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा…
Read More
औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौँ, जेठ १४ – मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । करिब छ हजार १६ रोपनी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म कायम रहेका ७०६ मध्ये ६३८ उद्योग सञ्चालनमा रहेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । औद्योगिक क्षेत्रमा २६ उद्योग निर्माणाधीन, १६ उद्योग बन्द र २६ अन्य सङ्घसंस्था छन् । सातै प्रदेशमा बालाजु, पाटन, भक्तपुर, हेटौँडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह गरी १० औद्योगिक क्षेत्र सञ्चालित छन् । मुलुकमा औद्योगिक विकास गर्न उद्योगलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार जमिन, औद्योगिक भवन, सडक,…
Read More
ठेक्का, जग्गा प्राप्ति र मुआब्जाका मुद्दा हेर्न ‘पूर्वाधार न्यायाधिकरण’ गठन हुने

ठेक्का, जग्गा प्राप्ति र मुआब्जाका मुद्दा हेर्न ‘पूर्वाधार न्यायाधिकरण’ गठन हुने

काठमाडौं जेठ १४- सरकारले ठेक्का, जग्गा प्राप्ति र मुआब्जासँग सम्बन्धित मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी गरेको छ । यसका निम्ति कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयक ल्याउँदैछ । ‘विकास आयोजनाहरूका लागि गरिने ठेक्का, जग्गा प्राप्ति, मुआब्जा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगी अन्तिम किनारा लाग्न लामो समय लाग्ने गरेका कारण आयोजनाहरू वर्षौंसम्म अलपत्र हुने भएकाले सो समस्या समाधानका लागि नयाँ अवधारणा ल्याइएको मन्त्रालयले जनाएको छ । ‘सार्वजनिक हितलाई सर्वोपरी राख्दै विकास आयोजनालाई कानुनी प्रक्रियामा अल्झिन नदिई छिटो, प्रभावकारी र विशेषज्ञ न्याय प्रणाली स्थापना गर्नु आजको बदलिँदो परिस्थितिमा अपरिहार्य भएकाले आयोजनाहरूलाई समय र लागत…
Read More
रास्वपा महाधिवेशन : केन्द्रदेखि प्रदेशसम्मै पुरानै पदमा दोहोरिने आकांक्षी उल्लेख्य

रास्वपा महाधिवेशन : केन्द्रदेखि प्रदेशसम्मै पुरानै पदमा दोहोरिने आकांक्षी उल्लेख्य

काठमाडौं जेठ १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट उही पदमा दोहोरिनेहरूको संख्या उल्लेख्य रहने भएको छ । केन्द्र, प्रदेश र जिल्लाको मूल नेतृत्वमा अधिकांश पुरानै अनुहारले जिम्मेवारी यथावत् सम्हाल्ने भएका छन् । चार वर्ष तदर्थ समितिको नेतृत्व गरेका सभापति रवि लामिछाने पार्टीको सर्वोच्च पदमा निरन्तर हुनेछन् । रास्वपा नेताहरुका अनुसार पदाधिकारीमा कतिपय अन्य नेता समेत उही पदमा दोहोरिने भएका छन् । राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेताको जिम्मेवारी प्राप्त गरेका प्रधानमन्त्री बालेन्द्र शाहको पार्टीको पदीय भूमिका त्यही नै रहने भएको छ । विगतमा कार्यवाहक सभापतिको भूमिका समेत निर्वाह गरेका उपसभापति डीपी अर्याल सभामुख बनेका छन् । एक महिला सहित…
Read More
बकर ईदले धार्मिक सद्भाव र भाइचारा मजबुत बनाउँछः मुख्यमन्त्री कार्की

बकर ईदले धार्मिक सद्भाव र भाइचारा मजबुत बनाउँछः मुख्यमन्त्री कार्की

विराटनगर, जेठ १४- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै त्याग, समर्पण, सहिष्णुता, आपसी सद्भाव र मानव सेवाको सन्देश बोकेको बकर ईदले समाजमा आपसी एकता, भाइचारा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । उनले यस पर्वले सबै समुदायबीच प्रेम, सम्मान, सहकार्य र आपसी विश्वास अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त नेपाली समाजमा यस्ता पर्वले विविधताबीचको…
Read More
महिला टी–२० क्रिकेटः नेपाल र इन्डोनेसिया भिड्दै

महिला टी–२० क्रिकेटः नेपाल र इन्डोनेसिया भिड्दै

काठमाडौं, जेठ १४- एसियन गेम्स महिला टि-२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज (विहीबार) इन्डोनेसियासँग भिड्दैछ । खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छ ।
Read More
ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ, जेठ १४- वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो । अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट रु ३९ लाख ५८ हजार, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट रु १३ लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट रु १९ लाख, तुलसाले अमेरिका पठाउने भनेर एक जना पीडितबाट रु…
Read More