Day: २८ बैशाख २०८३, सोमबार १८:०३

भरतपुरको अटो ग्यारेजमा युवकको हत्या, दुई जना पक्राउ

भरतपुरको अटो ग्यारेजमा युवकको हत्या, दुई जना पक्राउ

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो ग्यारेजमा कार्यरत युवकको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रूपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ निवासी ३० वर्षीय आशिष खनालमाथि गत असोज २२ गते राति करिब ११:३० बजे धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका खनाललाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैंडाकोट नगरपालिका–१७ निवासी २७ वर्षीय कृष्ण बहादुर खड्का र स्याङ्जा जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको…
Read More
शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरूको भेटवार्ता

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरूको भेटवार्ता

काठमाडौं, वैशाख २८ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहिमालगायत राष्ट्रसङ्घ अन्तर्गतका अन्य नियोगहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा आपसी सम्बन्ध र दुई पक्षीय हितका विषयमा कुराकानी भएको छ । साथै, संयुक्त राष्ट्रसङ्घका नियोगहरुबाट नेपालको शिक्षा क्षेत्रमा रहँदै आएको सहकार्य र सहयोगका सन्दर्भमा समेत छलफल भएको छ । शिक्षामन्त्रीसँगको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घ बाल कोष ९युनिसेफ० का निमित्त देशीय प्रतिनिधि जि हुनरा, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० लगायत राष्ट्रसङ्घका विभिन्न नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो । भेटमा शिक्षामन्त्री…
Read More
मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

काठमाडौं, वैशाख २८ – सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको जनाएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने जनाएका हुन् । उनले भने,‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइनेछ ।’ उनको अनुसार सूचना प्रविधिलाई राष्ट्रिय उद्योग घोषणा गरि एआई निर्यात प्रवद्र्धन गरिने नीति सरकारले लिएको छ । साथै, विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।त्यस्तै उनले श्रम प्रदान निर्यात सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित…
Read More
सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ, वैशाख २८- राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास ९रिहर्सल० गरिएको छ । यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गर्नुभयो । त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो । होमपेज राजनीति राजनीति सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ Logoनारायणी अनलाइन २८ बैशाख २०८३, सोमबार facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button ० Banner काठमाडौँ, वैशाख २८- राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व…
Read More
जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ, वैशाख २८- जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ। हरिहर भवनमा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागीहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ |
Read More
बजेट अभावका कारण चितवनमा गत वर्षददेखि रोकिएको गैँडा गणना अब अर्को वर्ष हुने

बजेट अभावका कारण चितवनमा गत वर्षददेखि रोकिएको गैँडा गणना अब अर्को वर्ष हुने

चितवन, वैशाख २८- बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो । विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल सुरु भइसकेको जानकारी दिनुभयो । आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर ९मल० सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने गरिन्छ । एउटा गैँडा र अर्कोको गोबरको ‘जेनेटिक…
Read More
सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय भेला, गगन थापाले उद्घाटन गर्दै

सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय भेला, गगन थापाले उद्घाटन गर्दै

सुर्खेत, वैशाख २८- नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका छन् । नियमित उडानबाट सुर्खेत आएका उनले केहीबेरपछि भेलाको उद्घाटन गर्नेछन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा धनगढीबाट गाडीमा सुर्खेत आउँदैछन् भने महामन्त्री प्रदिप पौडेल बिहानै सुर्खेत पुगिसकेका छन् । थापालाई स्वागत गर्न कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता जीवनबहादुर शाही, नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, ऊर्जा तथा सिँचाईमन्त्री विजया बुढा, नेपाली काँग्रेसका कर्णालीबाट केन्द्रीय सदस्यहरु, पार्टीका प्रदेश समितिका पदाधिकारीहरु सुर्खेत विमानस्थल पुगेका थिए । काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पुर्ण खड्काको गृह जिल्लामा हुन लागेको कार्यक्रमलाई चासोको साथ हेरिएको…
Read More
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा

एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा

काठमाडौँ, वैशाख २८ – विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरुको आइतबार क्यानाडाको टोरन्टोमा आयोजित समारोहमा चित्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ । लामो समयदेखि क्यानाडामा प्राध्यापन गर्नुभएका नेपाली भाषी प्रधानको नेतृत्वमा गठन भएको यस समितिको उपाध्यक्षमा एमी कर्माचार्य, महासचिवमा मुगा राजभण्डारी, सचिवमा भीम सिग्देल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र प्रवक्तामा जुनी चापागाईं चयन हुनुभएको हो । त्यसैगरी, बोर्ड सदस्यहरूमा भीम पाठक, सन्तोष तिम्सिना, ललित कोइराला, रमेश तिम्सिना,…
Read More
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

काठमाडौँ, वैशाख २८ – यस बर्सातकोे समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने करुणामय भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८३’ को थालनी गरिएको छ । यही वैशाख वैशाख २७ देखि जेठ २२ गतेसम्म हुन लागेको यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ हुँदैछ । यात्राको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटीले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा मानव सेवा आश्रयमले राज्यलाई पु¥याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस मानवीय कार्यमा राज्यका तीनै तहका सरकारहरुको सहयोग आवश्यक पर्दछ भन्नुभयो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुक सुनिता डङ्गोलले महानगरपालिकालाई स्वच्छ,…
Read More
अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी

अझै चितवनका दुग्ध उत्पादक किसानले पाएनन् भुक्तानी

चितवन, वैशाख २८- जिल्लाका दुग्ध उत्पादक किसानले रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरुले सो रकम पाउन नसकेका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरुले तीन महिनादेखिको भुक्तानी गरेका छैनन् । उहाँका अनुसार जिल्लाबाट दूध लैजाने उद्योगमध्ये २५ प्रतिशतले नियमित भुक्तानी गर्ने गरेको भए पनि अन्यले भुक्तानी नदिँदा किसानहरु मर्कामा परेका हुन् । जिल्लामा दैनिक ३५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध…
Read More