भारतको बजेटबाट नेपालले पर्यटन र व्यापारलगायतमा लाभ लिनसक्छः अध्यक्ष केसी
नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की) का अध्यक्ष सुनिल केसीले भारत सरकारले आर्थिक वर्ष २०२६÷२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राख्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष केसीले भारत सरकारले बजेटले कुल ग्रार्हस्थ्य उत्पादनमा सात प्रतिशत वृद्धिको लक्ष्य लिएकाले नेपालका निर्यात उद्योग थप स्थिर र विस्तार हुने बताउनुभयो । उहाँलेब बजेटका कारण नेपालमा उत्पादन, रोजगारी र निर्यात आम्दानीमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । साथै भारतले आफ्नो सार्वजनिक पुँजीगत खर्च रु १२.२ ट्रिलियनसम्म बढाउनुले पूर्वाधार र लजिस्टिकमा सुधार गर्दै नेपाल–भारत व्यापारलाई थप सहज,…