Day: ३० कार्तिक २०८२, शनिबार १७:२१

महासङ्घले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा ‘ट्रबलसुटर’ को काम गरिरहेको छ :अध्यक्ष ढकाल

महासङ्घले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा ‘ट्रबलसुटर’ को काम गरिरहेको छ :अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताउनुभएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताउनुभयो । “महासङ्घले उद्यमी–व्यवसायीका समस्या समाधानका लागि प्रयत्न गर्दै आएको छ, श्रम समस्या होस् वा डेडिकेटेड ट्रङ्कलाइन विवादको विषय । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनलगायत उद्यमी–व्यवसायीका समस्या समाधानका लागि राज्यका जिम्मेवार पदाधिकारीसँग वार्ता गरी समाधानको प्रयत्न गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले त्यसका लागि महासङ्घको नेतृत्वमा…
Read More
प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्छः बादल

प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्छः बादल

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्ने बताउनुभएको छ । नेकपा एमाले चितवनले आज नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले सुशीला कार्की सरकारले निर्वाचन गराउन नसक्ने बताउनुभएको हो । उहाँले फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाएर मात्रै कार्की सरकारले निर्वाचन गर्ने बताउनुभयो । त्यसका लागि विभिन्न षड्यन्त्रहरू रचिएको उहाँको दाबी छ । संविधानले बर्जित गरेको पात्रलाई विदेशीको ईशारामा संविधान च्याँतेर प्रधानमन्त्री बनाईएको भन्दै उहाँले ठूला र स्थापित दलका नेतालाई चुनाबमा भाग लिन नरोके उनलाई पनि विदेशी शक्तिले हटाउने बताउनुभयो । सुशीला कार्की नेतृत्वको…
Read More
एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

नेपाल क्रिकेट संघ (क्यान)ले पर्सिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यानले एनपीएलको तयारी पूरा भएको जनाएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले यस वर्ष टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठाउने अनुमान रहेको बताए । अहिलेसम्म स्पोन्सरसिपबाट १५ करोड ४० लाख रुपैयाँ, टिमबाट ९ करोड रुपैयाँ र डिजिटल माध्यममा प्रसारणका लागि ओटीटी बिक्रीबाट ५ करोड ३० लाख उठेको क्यानले जनाएको छ । गत वर्षबाट सुरु भएको एनपीएल यस वर्ष रातिमा पनि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्यापक परिवर्तन…
Read More
एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ । एमालेले यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिकामा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो । घोषित कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ ।  
Read More