सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’
लमजुङ,१४ कात्तिक । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुनुहुन्छ । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा हुनुहुन्छ । हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा हुनुहुन्छ । नेपाललाई विजयी गराउँदै फाइनलमा पु¥याएसँगै भण्डारीको चर्चा चुलिएको छ । खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किनुभएको हो । थमन भण्डारी र मुना…