Day: २१ आश्विन २०८१, सोमबार १७:०१

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कमलामाई (सिन्धुली),२१ असोज ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस
Read More
रत्ननगर खानेपानीको साधारण सभा : भूमिहिनलाई किस्ताबन्दीमा धारा

रत्ननगर खानेपानीको साधारण सभा : भूमिहिनलाई किस्ताबन्दीमा धारा

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थको १४औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष माधव प्रसाद अर्यालले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । सो अबसरमा उनले आगामी आर्थिक बर्षमा रातो कार्ड भएका अपाङ्गलाई निशुल्क, भूमिहिनलाई ५० प्रतिशत छुट दिई किस्ताबन्दीमा धारा जडान गर्ने व्यवस्था मिलाइएको जनाकारी दिए । आगामी आर्थिक बर्षको लागि ९ करोड ८६ लाख ६५ हजार बजेट प्रस्ताब तथा ५५० उपभोक्ता थप गर्ने लक्ष्य रहेको अध्यक्ष अर्यालले जानकारी दिए । साधारण सभाको बन्दसत्रमा सचिव प्रताप…
Read More
आजको मौसम पूर्वानुमानः पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा मध्यम वर्षा

आजको मौसम पूर्वानुमानः पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा मध्यम वर्षा

काठमाडौं,२१ असोज । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया…
Read More
आज २०८१ साल असोज २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल

चितवन,२१ असोज । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामाजिक र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । कन्या (टो, पा, पि,…
Read More
आश्विन शुक्ल चौथी तिथि वृद्धिः आज पनि कुष्माण्डा देवीको पूजा,आराधना गरिँदै

आश्विन शुक्ल चौथी तिथि वृद्धिः आज पनि कुष्माण्डा देवीको पूजा,आराधना गरिँदै

काठमाडौँ, २१ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ः १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी…
Read More