Day: १ भाद्र २०८१, शनिबार १९:४१

चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

चितवन । भाद्र १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा लभ, रोमान्स, धोका, कमेडी र एक्सनले लाई देख्न सकिन्छ । दुई परिवारको कथालाई लिएर बनेको फिल्मले अहिलेको आधुनिक विवाहलाई पनि चित्रण गरेको देखिन्छ । एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्मका निर्देशक मिलन चाम्स हुन भने निर्माता जानुका थापाको हुन।फिल्ममा कार्यकारी निर्माताको रुपमा अमित रिजाल रहेका छन । सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ । फिल्ममा आँचल शर्मा,…
Read More
सविना लामाकाे ‘गोधुली यो साझमा’ युटुव मार्फत सार्वजनिक

सविना लामाकाे ‘गोधुली यो साझमा’ युटुव मार्फत सार्वजनिक

चितवन । चितवनकाे रत्ननगरकी उदयमान गायिका सविना लामा ‘गोधुली यो साझमा’बोल को गीत युटूब च्यानल बाट सर्वाजनिक भएको हो। लामाकाे स्वर रहेकाे उक्त गीत एएमजी अनलाइन टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । सुरिराे स्वरकी धनी लामाले दास्राे गीत बजारमा ल्याएकी हुन । गगन प्रकाश लावती लिम्बूको शब्द संगित गीत अनलाइन ग्रुप लाइन एप्स मार्फत  विभिन्न ४८ वटा समुहहरुको माझ बिमोचन गरिएको हाे । अनुपम संगित समुहमा आवद्ध रहेकी लामा वन्यजन्तु संरक्षणकर्मी समेत हुन । फर्पिङकाे हात्तीवनमा छायाङ्कन गरिएकाे उक्त गीतकाे भिडियाेमा गायिक लामा स्वयमले अभिनय गरेकी छन् । बैदेशिक राेजगारीका करण परिवारका सदस्यहरुबाट अलग भएर बस्नु पर्ने अबस्था…
Read More
चितवनका एक चिकित्सक न्यौपाने दम्पतीद्वारा फाउन्डेसन स्थापना

चितवनका एक चिकित्सक न्यौपाने दम्पतीद्वारा फाउन्डेसन स्थापना

चितवन । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका चितवनका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउन्डेसन’ स्थापना गरेका हुन् । फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए । वार्षिक १० लाख रुपैयाँ कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको उनले बताए । आउँदो वर्षबाट कोषको व्याजमा अरु रकम थपगरी त्यही…
Read More
षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याइयो : प्रचण्ड

षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट बाहिर पुर्‍याइयो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपूर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्टबहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमूलक तरिकाले मध्यरातमा हटाइएको बताएका हुन् । उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमूलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्ति पनि जानकारी नदिई गर्ने जमर्को गरियो ।’ अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिदा विजेताका रुपमा बाहिरिएको बताउँदै अब आफूहरु जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरे पनि जनताले बुझिरहे पनि आफ्नै…
Read More
वाल्मीकि शिक्षा सदनमा लाखे नृत्य प्रदर्शन, सांस्कृतिक धरोहरको जगेर्ना

वाल्मीकि शिक्षा सदनमा लाखे नृत्य प्रदर्शन, सांस्कृतिक धरोहरको जगेर्ना

भरतपुर । चितवनको भरतपुर -४, बैदिकनगरमा अवस्थित वाल्मीकि शिक्षा सदनले गाई जात्राको अवसरमा रोमाञ्चक लाखे नृत्य कार्यक्रमको आयोजना गरेर नेपालको जीवन्त नेवारी संस्कृतिको उत्सव मनाएकोछ। सयौं विद्यार्थीहरूले उत्साहका साथ अवलोकन गरेको उक्त नृत्यले विद्यालयको पुराना परम्परालाई जगेर्ना गर्ने र सांस्कृतिक मेलमिलाप र सहिष्णुतालाई प्रवर्द्धन गरेकोछ। दुई विद्यार्थीहरु, राज श्रेष्ठ र प्रवेशजंग बस्नेतले लाखे नृत्यमा आफ्नो उत्कृष्ट प्रस्तुतिले सबैलाई मोहित पार्न सफल भएका थिए। परम्परागत लाखे पोशाकमा सजिएर उनीहरूले देखाएको नृत्यले कार्यक्रमलाई परम्परागत नृत्यको वास्तविकता प्रस्तुत गराएको थियो। सो कार्यक्रममा नेपाली संस्कृतिको मात्र नभई विद्यार्थीहरूले आफ्नो समृद्ध धरोहरको बारेमा जानकारी लिन र अनुभव गर्ने अवसर पाएका थिए। वाल्मीकि शिक्षा सदनले यस्ता…
Read More