Day: २६ श्रावण २०८१, शनिबार १५:२६

बाजुरामा पहिरोमा परी ४ जना घाइते

बाजुरामा पहिरोमा परी ४ जना घाइते

बाजुरा । अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा शनिबार बिहान पहिरो गएको थियो । पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले राससलाई जानकारी दिए । ३० परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण सङ्कलन नभएको उनले बताए । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए । पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म उक्त टोली घटनास्थल पुगी…
Read More
देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैनः प्रधानमन्त्री ओली

देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुभएको छ । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक भएको बताउनुुभयो । उहाँले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । “ अझै पनि २० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो…
Read More
क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी

क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो । अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताउनुभयो । यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उहाँले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति…
Read More
म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ: प्रधानमन्त्री ओली

म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को पदस्थापन र प्रथम क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई अल्प विकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आएको बताए । उनले भने, ‘मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । भोका बालबालिका र मानिसलाई खान र लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन । हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ ।’ उनले थपे, ‘मानव जगतको सुरक्षा, शान्ति र…
Read More
चितवनमा एक हजार बढी एचआइभी संक्रमित

चितवनमा एक हजार बढी एचआइभी संक्रमित

रत्ननगर । नेपाल नगरपालिका संघको आयोजना तथा एफएचआई ३६० परियोजनाको सहयोगमा आयोजित एक औपचारिक कार्यक्रममा चितवनमा एक हजार बढी एचआइभी संक्रमित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । एफएचआई ३६० परियोजनाले चितवनमा एक हजार १६० जना एचआइभी सङ्क्रमित उपचारको दायरामा आएको जनाएको छ । प्रदेशगतरुपमा सबैभन्दा बढी बागमती प्रदेशमा २६ प्रतिशत अर्थात् ६ हजार ४५८ जना एचआइभी सङ्क्रमित रहेका । लुम्बिनी प्रदेशमा ४ हजार ६८९, मधेश प्रदेशमा ४ हजार ५८, सुदूरपश्चिम प्रदेशमा ३ हजार ६७५, गण्डकी प्रदेशमा २ हजार ८८६, कोशी प्रदेशमा २ हजार ३११ र कर्णाली प्रदेशमा ७१६ जना एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क छ । कार्यक्रममा एफएचआई ३६० परियोजनाका कन्सल्टेन्ट…
Read More
किसान महासंघकाे स्थापना दिवसमा सहारा विहीनलाई खाना 

किसान महासंघकाे स्थापना दिवसमा सहारा विहीनलाई खाना 

भरतपुर । भरतपुर महानगरपालिका वडा नं ९ शरदपुर स्थित चितवन मानवसेवा आश्रममा आश्रित साहरा विहीनहरुलाई चार छाक खाना खुवाइएकाे छ । नेपाल किसान महासंघकाे ७२औं स्थापना दिवसकाे अबसरमा जिल्ला कार्यसमिति चितवनले ५५ जनालाई चार छाक खानाकाे लागि १६ हजार १०० रूपैया आश्रमलाई हस्तान्तरण गरेकाे सचिव इन्द्रमणि गैरेले जानकारी दिए । आश्रममा आयाेजित औपचारिक कार्यक्रमका बीच महासंघका जिल्ला अध्यक्ष निलकण्ठ रिजाल र कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले आश्रमका सचिव देवी आचार्य र सञ्चालक विनाेद ढकाललाई साे रकम हस्तान्तरण गरेका थिए । साे अबसरमा महासंघ चितवनका अध्यक्ष रिजालले दुईदिनकाे खानाकाे लागि आवश्यक रकम आश्रमलाई हस्तान्तरण गरेकाे बताए ।…
Read More