Day: १८ श्रावण २०८१, शुक्रबार १९:०७

रत्ननगरका नेवार समुदायले मनाए गठेमंगल पर्व

रत्ननगरका नेवार समुदायले मनाए गठेमंगल पर्व

रत्ननगर । रत्ननगरका नेवार समुदायले शुक्रबार घण्टाकर्ण चतुर्दशी तथा गठेमंगल पर्व मनाएका छन् । साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन नेवार समुदायले यो पर्व मनाउदै आएका छन् । भिंजः खलः रत्ननगरले एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाएको हो । टाँडी चोकमा भेला भएका नेवारी समुदायले लौरीघोलमा गठेमंगल विर्सजन गरेका छन् । नेवार समुदायका बिभिन्न चाडमध्ये यस पर्वलाई पहिलो र छोराको चाडका रुपमा मनाउने गर्छन । भिंजः खलः रत्ननगरका पूर्व अध्यक्ष गोपालराज कर्मचार्यले घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुत प्रेत पन्छाउने नाम दिएपनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने गरिएको बताए ।…
Read More
रत्ननगर अस्पतालमा एक बर्षमा २ लाख ५४ हजार विरामीको उपचार

रत्ननगर अस्पतालमा एक बर्षमा २ लाख ५४ हजार विरामीको उपचार

रत्ननगर,१८ साउन  । बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षहरुमा रहर लाग्दो प्रगति गरेको छ । न्यून जनशक्तिमा भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अधिकतम प्रयोग गरेर अस्पतालले ठूलो संख्यामा बिरामीलाई सेवा दिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ५४ हजार ८३० जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख चार हजार ५०६ थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक लाख ५२ हजार ५२७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको संख्या बढ्दै गएको ज्ञवालीले बताए। अस्पतालमा गत आर्थिक वर्षमा बहिरंग सेवामा दुई लाख ४६ हजार…
Read More
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

चितवन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए । बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो। बोर्डले यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।
Read More