Day: ३ श्रावण २०८१, बिहीबार १३:११

चितवनमा अस्पताल भवनबाट हामफालेका विरामीकाे मृत्यू

चितवनमा अस्पताल भवनबाट हामफालेका विरामीकाे मृत्यू

चितवन । पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।
Read More
सिमलताल दुर्घटना : १९ वटा शव भेटियाे, १४ जनाको सनाखत, ४३ जना अझै बेपत्ता

सिमलताल दुर्घटना : १९ वटा शव भेटियाे, १४ जनाको सनाखत, ४३ जना अझै बेपत्ता

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव भेटिएकाे भएको छ । भेटिएका मध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन । अहिलेसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ। यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ। गत असार २८ गते शुक्रबार…
Read More
नवलपुरमा ट्रक दुर्घटनामा तीन जना घाइते

नवलपुरमा ट्रक दुर्घटनामा तीन जना घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको मध्यविन्दु नगरपालिका ७ मा बा. प्र. ०३–००१ ख १४२० नम्बरको ट्रक गएराति दुर्घटना हुँदा ट्रकमा सवार ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार रुपन्देहीबाट कागज लोड गरेर काठमाडौंको लागि हिडेको ट्रक सडक देखि १० मिटर तल खसेको थियो । दुर्घटनामा परी ट्रक चालक धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ४ निवासी २६ बर्षीय अमृत ढुंगाना, निजकी श्रीमती २० बर्षीय कल्पना ढुंगाना र ट्रक सहचालक नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी २६ बर्षीय बसन्त घर्ती मगर घाइते भएका छन् । घाइते मध्ये चालक र सह चालक मध्यविन्दु जिल्ला अस्पतालमा उपचार…
Read More
नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपरासी । नवलपुरको सिचाई कुलोमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ८ आँपटारी निवासी ३२ बर्षीय महिला गंगा विकको नहरको कुलोमा डुबेर मृत्यु भएको हो । विहान साढे ५ बजेतिर घर नजिकैको नहरको कुलामो डुबिरहेको अवस्थामा देखेर उपचारका लागि दुम्कौली नगर अस्पताल देवचुलीमा लगिएकोमा उनको विहान पौने ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि राखिएको छ ।
Read More
सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

चितवन । नेकपा (एमाले) जिल्ला कमिटी चितवनले विज्ञप्ति जारी गरी भरतपुर–२९ स्थित सिमलतालमा गत शुक्रबार पहिरोमा परी दुई बसका ६३ बेपत्ता यात्रुमध्ये छैठौँ दिनसम्म केहीको बाहेक ४५ जनाको अवस्था पत्ता लाग्न नसकेको विषयले मर्माहत बनाएको जनाएको छ । बेपत्ता यात्रुको लास वा सास फेला पर्न नसक्नुको पीडा आफन्तजनसँगै नेकपा एमाले सिङ्गो पार्टी पंक्तिलाई पनि परेको जनाउँदै कार्यवाहक अध्यक्ष श्यामकुमार विष्टले यस दुःखद दुर्घटनाबाट आहत बनाएको वेदनामा समवेदना प्रकट गरेका छन् । उनले नारायणी नदीमा पानीको बहाव घटेसँगै बेपत्ता यात्रुहरुको शव यत्रतत्र देखिन थालेका छन् । शवको खोजी कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न जिल्ला कमिटी चितवन नारायणी नदीको दुवै तटीय क्षेत्रमा…
Read More