कांग्रेसलाई समाजमुखी बनाउँदै सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छुः सभापति थापा
काठमाडौं, जेठ ३- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानिको आधारमा निर्णय गर्न नहुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पारे । उनले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिनेभन्दा दिशा निर्देशन दिने क्षमता पार्टीले राख्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टी एउटा राष्ट्रिय शक्ति हो । राष्ट्रिय पार्टी हो की होइन भन्ने कुरा चुनावको नतिजाले…