आज अन्तरराष्ट्रिय शिक्षा दिवस
आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड…