नेपाली चेली माया मुल्लरद्वारा दुई छात्राबासलाई सहयोग
रत्ननगर । नेपाली चेली माया मुल्लर र उनका श्रीमान एल्मर मुल्लरले रत्ननगरका दुई छात्राबासलाई खाद्यान्न सहयोग गरेका छन् । ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारको पहलमा मल्लर दम्पतीले गामबेसीको चेपाङ संरक्षण केन्द्र र ग्रिन सोसाइटी छात्राबासमा खाद्यान्न सहयोग गरेका हुन् । चितवनको माडी स्थायी घरभई अस्ट्रियामा बस्दै आएकी माया मुल्लरले स्वदेश आएको बेला दुई वटा छात्राबासमा आवासीय सुविधा सहित अध्ययान गरिरहेका चेपाङ सहित विपन्न समुदायका वालवालिकाको लागि खाद्यान्न सहयोग गरेको जानकारी दिइन् । चेपाङ संरक्षण केन्द्रलाई ४० बोरा चामल, २ बोरा आलु, २ बोरा मस्यौरा र २ बोरा प्याज तथा ग्रिन सोसाइटी छात्राबासको लागि २० बोरा चामल, २ बोरा आलु,…