सिक्स प्याक शरीरसहित समिरको दमदार अवतार, ‘१२ गाउँ २’ को फस्ट लुक सार्वजनिक
काठमाडौं , भदौ २७- नेपाली चलचित्र ‘१२ गाउँ २’ को पहिलो झलक अर्थात् फस्ट लुक सार्वजनिक गरिएको छ । अभिनेता तथा निर्देशक विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्रको पहिलो पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो र उत्सुकता थप बढेको छ । सार्वजनिक फस्ट लुकमा अभिनेता समिरलाई सिक्स प्याक शरीरसहितको आकर्षक तथा बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । उनको शारीरिक बनावट र पोस्टरमा देखाइएको लुकले चलचित्र एक्सनप्रधान रहेको संकेत गरेको छ । समिरको यो नयाँ अवतारलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ । चलचित्रको पहिलो पोस्टर निर्देशक विराज भट्टले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पोस्टर सार्वजनिक गर्दै…