उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश
सिद्धार्थनगर (भैरहवा), जेठ १०- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक न्यायमा केन्द्रित गर्ने भएको छ । लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा तथा पूर्वाधार क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि बढाइने बताउनुभयो । उहाँले प्रदेशभित्रै रोजगारी सिर्जना गर्न युवा लक्षित सीपमूलक तालिम, स्वरोजगार तथा स्टार्टअप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गर्दै स्थानीय स्रोत र साधनको अधिकतम उपयोगमार्फत अर्थतन्त्रलाई चलायमान बनाइने मन्त्री कार्कीको भनाइ थियो । प्रदेश सरकारले ‘डिजिटल’…