नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

काठमाडौं, भदौ ८– नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार (आजदेखि) चरणबद्ध रूपमा सुरु गरिएको छ । सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गरेर काठमाडौं–धादिङ आवागमन गर्न खुला गरिएको हो । पहिलो चरणमा कार, जीप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारी, सरकारी नम्बर प्लेटका सवारी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइएको सड्क विभागले जनाएको छ । सुरुङमार्गको सञ्चालन अवस्था र ट्राफिक व्यवस्थापनको मूल्यांकन गर्दै एक–दुई दिनभित्र दुईतर्फी आवागमन खुला गर्ने तयारी गरिएको विभागले जनाएको छ । त्यसपछि सञ्चालन समय बिहान ७ बजेदेखि राति ८ बजेसम्म विस्तार…
Read More
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नवलपुर, भदौ ८- गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । ‘होम ट्युसन’ पढाउने क्रममा दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको सार्वजनिक भएपछि प्रहरीले निज शिक्षकलाई पक्राउ गरेको छ भने विद्यालयले सेवाबाट बर्खास्त गरेको छ । दुर्व्यवहार गर्ने शिक्षकलाई भदौ ६ गते गैंडाकोट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४६ वर्षीय मुरारी तिमिल्सिना रहेका छन् । बाल यौन दुर्व्यवहार मुद्धामा छ दिनको म्याद लिएर तिमिल्सिनामाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता अनिल पण्डितले जानकारी दिए । ‘घटना भदौ ३ गतेतिरको रहेछ । हामीले ६ गते नियन्त्रणमा लिएर बाल…
Read More
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोलीद्वारा चार आङ्गिक क्याम्पसको आकस्मिक निरीक्षण

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोलीद्वारा चार आङ्गिक क्याम्पसको आकस्मिक निरीक्षण

चितवन, भदौ ८– यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’ र ‘डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारवटा आङ्गिक क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेको छ । विश्वबिद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षण गरेको हो । ती चारवटामध्ये कटारीमा वन स्नातक अध्ययन अध्यापन हुन्छ भने तीन वटामा कृषि स्नातक तहको अध्ययन अध्यापन हुन्छ । विद्यार्थी, प्रध्यापक, कर्मचारी र क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरिएको उपकुलपति प्राडा कट्टेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ ती क्याम्पसको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, विद्यार्थीको भर्ना, सुशासन, पारदर्शिता, जवाफदेहिता…
Read More
सांसद ज्वालाको प्रश्न – नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो ?

सांसद ज्वालाको प्रश्न – नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो ?

काठमाडौँ, भदौ ८– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले नाबालिका हत्या अभियुक्तले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति जनाएकी छन् । प्रहरी हिरासतमा अभियुक्तले दिएको बयानको भिडियो बाहिरिएपछि सांसद संग्रौलाले उक्त भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा तत्काल छानबिन गर्न माग गरेकी हुन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नाबालिकाको हत्यासँग जोडिएको गम्भीर तथा क्रूर बयान सार्वजनिक गर्दा त्यसले समाजमा पार्न सक्ने असरबारे समेत संवेदनशील हुनुपर्ने बताएकी छन्। ‘नाबालिकाको हत्याराले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो ?’ भन्दै उनले प्रहरी अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री बाहिरिनु गम्भीर विषय भएको उल्लेख गरेकी छन्। संग्रौलाले उक्त भिडियो…
Read More
सुनको मूल्य तीन हजार दुई सय रुपैयाँले बढ्यो

सुनको मूल्य तीन हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौँ, भदौ ८ – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला सुन तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार (आज) तीन हजार २०० रुपैयाँले बढेर प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ पुगे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्यमा भने केहि गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार) १० रुपैयाँले घटेर चार हजार ९६५ रुपैयाँ कायम भएको छ।
Read More
चितवनको भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवनको भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन, भदौ ८ – यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ । बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक, कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ । बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरुमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको छ । तीन त्यस्ता कार्यक्रम गरी सकिएको छ । उहाँले भन्नुभयो, “यहाँ आउने सेवाग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका…
Read More
सेनाको एनसीसी तालिम भरतपुरको ग्रीनल्याण्ड पब्लिकमा सुरु

सेनाको एनसीसी तालिम भरतपुरको ग्रीनल्याण्ड पब्लिकमा सुरु

चितवन, भदौ ७– भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा नपाली सेनाले देशभर सञ्चालन गर्दै आएको सिनियर नेसनल क्याडेट कोर (एनसीसी) तालिम सुरु भएको छ । स्कुलमा आज (आइतबार) बाट एनसीसी तालिम सुरु भएको हो । नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणसँगको समन्वयमा सुरु भएको तालिमको गुल्मपति प्रमुख सेनानी सुदीप तामाङ, स्कुलकी प्राचार्य ईन्दिरा कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीले संयुक्त रुपमा उद्घाटन गरे । तालिममा स्कुलबाट छनौट भएका ३० जना विद्यार्थी सहभागी छन् । जसमा छात्र र छात्रा समान १५–१५ जना रहेका छन् । एक सय दिनको तालिम अवधीमा विद्यार्थीहरुलाई सैनिक कला, विपद व्यवस्थापन, नेतृत्व बिकासलगायतका बिषय सिकाईनेछ । एक…
Read More
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

चितवन, भदाै ७- आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले भरतपुरका एक ४५ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। पीडित किशोरी स्वयंले जिल्ला प्रहरी कार्यालय चितवन पुगेर उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो। प्रहरीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ती पुरुषका श्रीमती र छोरा जापानमा बस्दै आएका छन्। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउने भनि उनी करिब ८ महिनाअघि नेपाल फर्किएका थिए। केही समयपछि पुनः जापान फर्कने तयारीमा रहेका उनी र छोरी मात्रै घरमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार गत साउन २८ गते मादक पदार्थ सेवन…
Read More
खैरहनीमा दुर्घटनामा मृत्यु भएका दुवै जना `दिदीभाइ´

खैरहनीमा दुर्घटनामा मृत्यु भएका दुवै जना `दिदीभाइ´

चितवन, भदौ ७- चितवनको खैरहनीमा शनिबार भएको दुर्घटनामा मृत्यु भएका दुई जना दिदी भाइ रहेको खुलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत खैरहनी–१ तरकारी चोकमा शनिबार दिउँसो १२ः३० बजेको समयमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बागमति प्रदेश–०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । दुर्घटना मृत्यु हुने मोटरसाइकल चालक सर्लाही ब्रमपुरी गाउँपालिका-४ वस्ने वर्ष २३ को महेबुब रजा र पछाडी सवार मोहोत्तरी गौशला नगरपालिका-५ वस्ने वर्ष ३३ की अजिमा प्रबिन रहेका छन् । दुवै जनाको शव मृतकका बुवाले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भूषण यादवले जानकारी…
Read More
१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ, भदौ ७- ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्। नेपाल सरकार र ऋणी प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो। सहमति कार्यान्वयनसँगै सरकारले आइतबार बिहान ८ः५० बजेदेखि साझा यातायातका बसमार्फत उनीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको हो। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको छ।
Read More