जितियालाई राष्ट्रिय पर्व घोषणा गर्न थारु समुदायको माग
चितवन,३० भदौ । आदिवासी थारु समुदायका महिलाहरूले मनाउने जितिया पर्व नजिकिंदै छ । यही पर्वको अवसर पारेर शनिबार थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति र थारु महिला सभा चितवनले पदमपुरमा आयोजना गरेको भेलाले ‘जितिया घोषणापत्र-२०८१’ जारी गरेको छ । जितियालाई राष्ट्रिय पर्व घोषणा गर्न र जितिया लगायत थारु समुदायका पर्वहरू यमोसा र फगुवा पर्वको घुरहेरीका दिन राष्ट्रिय बिदा दिन माग गरिएको छ । जितिया पर्व असोज महिनाको कृष्ण पक्षको सप्तमी, अष्ठमी र नवमी तिथिमा पर्छ । यस पटक असोज ८, ९ र १० मा यो तिथि परेको छ । सुरुको दिन महिलाहरू मिठा खानेकुरा खान्छन् । दोस्रो दिन ब्रत बसेर…