सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
चितवन,असार २५- भरतपुर महानगरपालिका वडा नम्बर १६ का दुध उत्पादन गर्ने किसानलाई दुध ल्याउने क्यान वितरण गरिएको छ । भरतपुर १६, मा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले १ सय १० जना किसानलाई दुध बोक्ने क्यान वितरण गरेको हो । संस्थाका व्यवस्थापक सरस्वती सिलवालका अनुसार वडा नम्बर १६ को कार्यालय र सहकारी संस्थाको संयुक्त लगानीमा खरिद गरिएको दुध बोक्ने क्यान किसानहरुलाई वितरण गरिएको हो । पाँच लिटर दुध अट्ने क्यान सहकारीमा नियमित दुध ल्याउने साना किसानहरुलाई दिइएको व्यवस्थापक सिलवालले जानकारी दिइन् । संस्थामा नियमित दैनिक २ हजार ५ सय लिटर दुध संकलन हुने गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६…