रास्वपा महाधिवेशन विवाद अदालतसम्म : पूजा बाँस्तोला सर्वोच्च जाने
काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यको चुनावमा बढी मत ल्याएर पनि विजयी नभएकी पूजा बाँस्तोलाले सर्वाेच्च अदालत जाने भएकी छन्। पूजाले आफू अन्यायमा परेको भन्दै अब न्यायका लागि सर्वाेच्चमा रिट दायर गर्ने निर्णय गरेको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै उनले निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणाममा म भन्दा कम मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुँदा पनि मलाई विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत बाहिर राखिएको उल्लेख गरिन्। 'मैले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गराइसकेको छु। तर चित्तबुझ्दो जवाफ नआएको र उल्टै धम्कीपूर्ण शैलीमा विषयलाई दबाउन खोजिएको अनुभव गरेपछि अब…