आइतबार चितवनमा मोटरसाइकल डोर्याएर फरक खालको प्रदर्शन गरिँदै
चितवन,जेठ ९- पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ। जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोर्याएर विरोध र्याली आयोजना गर्न लागेको हो। आइतबार अपराह्न ४ः३० बजे चितवनको चौबिसकोठीबाट सुरु हुने उक्त र्याली लायन्स चोकसम्म पुग्नेछ। यस आन्दोलनको नेतृत्व बिशु लामा गुरुङले गरेको गरी खान देउले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य आकासिएको बेला आर्थिक संकटको समयमा जनतामाथि थप करको भार थोपर्नु अन्यायपूर्ण भएको ढुङ्गानाको भनाइ छ। उनका अनुसार सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल,…