रास्वपा महाधिवेशन : केन्द्रदेखि प्रदेशसम्मै पुरानै पदमा दोहोरिने आकांक्षी उल्लेख्य
काठमाडौं जेठ १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट उही पदमा दोहोरिनेहरूको संख्या उल्लेख्य रहने भएको छ । केन्द्र, प्रदेश र जिल्लाको मूल नेतृत्वमा अधिकांश पुरानै अनुहारले जिम्मेवारी यथावत् सम्हाल्ने भएका छन् । चार वर्ष तदर्थ समितिको नेतृत्व गरेका सभापति रवि लामिछाने पार्टीको सर्वोच्च पदमा निरन्तर हुनेछन् । रास्वपा नेताहरुका अनुसार पदाधिकारीमा कतिपय अन्य नेता समेत उही पदमा दोहोरिने भएका छन् । राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेताको जिम्मेवारी प्राप्त गरेका प्रधानमन्त्री बालेन्द्र शाहको पार्टीको पदीय भूमिका त्यही नै रहने भएको छ । विगतमा कार्यवाहक सभापतिको भूमिका समेत निर्वाह गरेका उपसभापति डीपी अर्याल सभामुख बनेका छन् । एक महिला सहित…