आज २०८१ साल असोज १८ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
चितवन, १८ असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आस्था बढेर जानेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । कर्कट…