विद्युत् खरिदमा ४३ करोड नोक्सान पुर्याएको भन्दै घिसिङलाई तत्काल बर्खास्त गर्न माग
जेन्जी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । मुभमेन्टले ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न भनेको छ । यस्तै, प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन शुरू गर्न जेन्जी मुभमेन्टले सरकारसँग माग गरेको छ । मन्त्री घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक सिलवालको मिलेमतोमा प्राधिकरणलाई झण्डै ४३ करोड नोक्सान पुर्याउने गरी भारतीय कम्पनीसँग सम्झौता गरेको सार्वजनिक भएपछि जेन्जी मुभमेन्टले कारबाहीको माग गरेको हो । मुभमेन्टले यो सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै त्यसमा संलग्नविरुद्ध कडा कारबाहीको माग गरेको छ। उक्त सम्झौता विद्युत् नियमन आयोगको…