सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने, पहिला आउनेलाई प्राथमिकता

सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने, पहिला आउनेलाई प्राथमिकता

सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने, पहिला आउनेलाई प्राथमिकता

चितवन,७ असोज । अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई निःशुल्क पठाउने भएको छ । कलेजले सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने विद्यार्थीको सबै भिजा प्रक्रिया (टिकट र अन्य प्रोसेसिङ) समेत निःशुल्क गराउने भएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार निःशुल्क अध्ययनका लागि प्लस टु वा व्याजलरमा ३ं.० जिपिए भन्दा माथि ल्याएका विद्यार्थीले आइएलटिएसमा ७.५ र युनिभर्सिटीको छात्रबृत्तिको अन्तरवार्ता पास गर्न सक्नुपर्नेछ । यो सबै प्रकृया पुरा गरेपछि मात्र विद्यार्थीलाई कलेजले सबै कुरा (बैंकिङ प्रोसेस, डकुमेन्टेसन, टिकट र भिसा प्रोसेसिङका काम) निःशुल्क गरिदिनेछ । प्रिन्सिपल पौडेलका अनुसार…
Read More
धनुषाको प्रहरी हिरासतबाटै भागे ९ थुनुवा, एक जना पक्राउ

धनुषाको प्रहरी हिरासतबाटै भागे ९ थुनुवा, एक जना पक्राउ

काठमाडौं, ७ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ थुनुवा फरार भएका छन् । आज बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। तीमध्ये सत्यम् झा नामका थुनुवा जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले बताए। प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्। यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन्। फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको प्रवक्ता…
Read More
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

जलेश्वर (महोत्तरी), ७ असोज । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार…
Read More
पञ्चतारा साकोसको साधारण सभा : चार महत्वपूर्ण प्रतिवेदन पारित

पञ्चतारा साकोसको साधारण सभा : चार महत्वपूर्ण प्रतिवेदन पारित

रत्ननगर । रत्ननगर वडा नं ७ मा रहेको पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाले एक बर्षम एक करोड बढी मुनाफा गर्न सफल भएको छ । आइतबार आयोजित २३औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा आर्थिक बर्ष २०८०/८१ मा सो सहकारीले एक करोड ५ लाख ३ हजार ६५३ रुपैया मुनाफा गर्न सफल भएको हो । उक्त आर्थिक बर्षमा ४ करोड २४ लाख ३३ हजार ८६२ आम्दानी गरेको सो सहकारीले ३ करोड १९ लाख ३० हजार २०९ रुपैया खर्च कटाएर एक करोड ५ लाख ३ हजार ६५३ रुपैया मुनाफा गरेको हो । सो सहकारीले राज्यलाई १० लाख ४० हजार रुपैया…
Read More
बछौली नारी चेतनाको साधारण सभा : उत्कृष्ट बचतकर्ता र असल ऋणि सम्मानित

बछौली नारी चेतनाको साधारण सभा : उत्कृष्ट बचतकर्ता र असल ऋणि सम्मानित

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा मुख्य कार्यालय रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २६आँै बार्षिक साधारण सभा आइतबार गरिएको छ । सो वडाका वडाध्यक्ष किरण महतोले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष भागिरथी कुमारी घिमिरेले भावी कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव शान्ता अधिकारी पराजुलीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवकी अधिकारी रिमालले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक शारदा अधिकारी विडारीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन सहित संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य बसन्ती माझी, निवर्तमान अध्यक्ष वविता चौधरी सम्मान तथा उत्कृष्ट बचतकर्ताहरु लक्ष्मी घलान, विन्दु चौधरी, गीता गिरी र उत्कृष्ट कारोवारी प्रतिभा तिवारीलाई…
Read More
सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि

सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ३ बेल्सी कभर्डहलमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनको उपाधि निस्चल खत्री र प्रविन लिङथेपको जोडीले जितेको छ । पूर्वी चितवन स्पोर्टस क्वल बेल्सीले आयोजना गरेको दोसो मेयर कप तथा चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुल्ला ए लेभलको उपाधि रिसोलेट र टीएसीका खत्री र लिङथेपको जोडीले जितेको हो । फाइनल खेलमा बलराम क्षेत्री र विवेक न्यौपानेको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधि रक्षा गरेका हुन् । सो प्रतियोगितामा फाइनल खेलमा उपविजेता बनेको क्षेत्री र न्यौपानेको जोडी दोसो र सुनिल कार्की र महेश खड्का तथा राम मालाठकुरी र साजन थापाको जोडी तेस्रो भएको छ । प्रतियोगितामा…
Read More
डाक्टर साथीको सेवा शुभारम्भ : उपप्रमुख अधिकारीद्धारा उद्धघाटन

डाक्टर साथीको सेवा शुभारम्भ : उपप्रमुख अधिकारीद्धारा उद्धघाटन

असोज ५, चितवन । घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि बोल्दै उपप्रमुख अधिकारीले मेडिकल सिटी भरतपुरमा यसप्रकारको सेवा दिनु यहांँका नागरिकलाई अवसर भएको बताउनु भयो । ‘डाक्टर साथीको उद्धेश्य , अवधारणा नयांँ छ , उहांँले भन्नुभयो, यसले नागरिकको स्वास्थ्य सेवा पहुंँच पुर्याउंँ भन्ने बिषयमा आशावादी छु ।’ भरतपुरका अधिकांशको घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफै…
Read More
माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

माधवपुर जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि गौतमलाई

रत्ननगर । रत्ननगर- १५ मा सेन्ट्रल कलेज दोस्रो माधवपुर चितवन जिल्ला स्तरिय खुल्ला माधवपुर बुद्धिचाल प्रतियोगिता-२०८१ सम्पन्न भएकोछ । शनिवार सम्पन्न खेलमा स्विस लिग अन्र्तगत सात रनको खेलमा सन्तोष गौतम अभिजित सातै रन जितेर प्रतियोगितामा प्रथम भएकाछन् । मंगल गुरूङ दोस्रो, जुनानाथ सापकोटा तेस्रो, आशिष गुरूङ चौथो, सुदिप श्रेष्ठ पाँचौ र सुजन न्यौपाने छौठो भएका छन् । यस्तै, महिला उत्कृष्ट प्रथम उज्वनी कंडेल, प्लस टु तर्फ उत्कृष्ट प्रथम प्रतीक चालिसे, प्लस टु तर्फ उत्कृष्ठ दोस्रो निशान पौडेल, स्कुल तर्फ उत्कृष्ट प्रथम सन्देश पुन, उत्कृष्ट दोस्रो प्रलिन अधिकारी, रत्ननगर उत्कृष्ट प्रथम शिशिर थापा, उत्कृष्ट दोस्रो सुनिल सिंखडा, साबिक पिठूवा उत्कृष्ट प्रथम…
Read More
पर्यटन प्रवर्द्धनका लागि तनहुँको आँधीमूलमा बृहत् ताल निर्माण सुरु

पर्यटन प्रवर्द्धनका लागि तनहुँको आँधीमूलमा बृहत् ताल निर्माण सुरु

दमौली, ६ असोज । तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयोे । “आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित यहाँ ताल निर्माण सुरु गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौँ”,…
Read More
‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स प्रतियोगिता २०८१’ हुने

‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स प्रतियोगिता २०८१’ हुने

चितवन, ६  असोज। चितवनमा पहिलोपटक “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” हुने भएको छ । आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी यो प्रतियोगिता आयोजना गरिएको हो । “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” अन्तर्गत हुने मिष्टर चितवन पुरुष शारीरिक सुगठन प्रतियोगितातर्फ ५५ के.जी., ६० के.जी. ६५ के.जी., ७० केजी, ७५ केजी, ७५ केजीभन्दा…
Read More