कर्णालीमा विपन्नलाई आवास
कर्णाली प्रदेश सरकारले गरिव तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ । जनता आवास ९प्रदेश०, जनता आवास (सङ्घ) र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जनता आवास ९सङ्घ०तर्फ तीन हजार १५० घर निर्माण भएका थिए । त्यस्तै जनता आवास (प्रदेश)ले ५२२ वटा गरिव तथा बिपन्न स्थानीयबासीका लागि घर निर्माण गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा सङ्घले ३८० र प्रदेशले १८४ वटा घर निर्माण भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । त्यस्तै बिपन्नको घरतर्फ आर्थिक…