डा. प्रमोदको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन
काठमाडौं, जेठ २९- हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन गरिएको छ । नेपालमा अर्थोपेडिक उपचार, ट्रमा म्यानेजमेन्ट र हाडजोनी सम्बन्धी उपचारमा संलग्न चिकित्सकहरुको नयाँ समितिको विहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि घोषणा गरिएको हो । सोसाइटीको संरक्षकमा प्रो.डा. रमेशप्रसाद सिंह रहनुभएको छ । सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के दुवाल श्रेष्ठ, उपाध्यक्ष डा. हेमन्त कुमार गुप्ता, महासचिव डा. विजयन्द्र अधिकारी, कोषाध्यक्ष डा. आलोक पाण्डे, सहसचिव डा. पविन थापा, सह कोषाध्यक्ष डा। सन्जित झा रहनुभएको छ । सदस्यहरुमा डा.सरोज सिं, डा.ओमप्रकाश चौधरी, डा.राजिव झा, डा.तोयाराज भट्ट, डा.ललित चौधरी, डा। सुदिप खनाल र डा.सार्थक नेपाल रहेका छन्…