मुस्तफिजुर रहमान निकालेको रिसमा बंगलादेशद्वारा आईपीएल प्रसारणमा रोक
बंगलादेशले आफ्नो देशमा आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्रसारणमा प्रतिबन्ध लगाएको छ । बंगलादेशको यस्तो निर्णय तीव्र गतिका आफ्ना देशका बलर मुस्तफिजुर रहमानलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा निकालेपछि सोमबार आएको हो । बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा बीसीसीआईले आईपीएल फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) लाई २०२६ को खेलाडी सूचीबाट रहमानलाई निकाल्न निर्देशन दिँदा कुनै तार्किक कारण नदिएको उल्लेख छ ।आईपीएलको आईपीएलको १९औं संस्करण मार्च २६ बाट सुरु हुँदै छ । सरकारले जारी गरेको सूचनामा भनिएको छ, बीसीसीआईको यस्तो निर्णयको कुनै तार्किक कारण थाहा छैन, र यस्तो निर्णयले बंगलादेशका जनतालाई दुखी, चोट पुऱ्याएको…