भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं , असोज ५ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको गरिएको छ ।…
Read More
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

काठमाडौँ, असोज ५ – रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रु ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ र हिमालयन बैंंक…
Read More
नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

काठमाडौं,असोज ४- सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप र लामो समयदेखि थन्किएर रहेको लाइसेन्स छपाइ सम्बन्धी जटिल समस्या समाधान गर्न यो नयाँ प्रविधि अपनाएको हो । यो नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने सम्पूर्ण प्रक्रिया थप द्रुत, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ । ईडीएल भिआरएसमा प्रविष्ट गरिएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने छ । त्यहाँबाट छपाइ सकिएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था…
Read More
भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

भरतपुर,असोज ४- भरतपुरको सौन्दर्य बिगार्नेगरी सडकैभरी एक्सट्रिमका विज्ञापन बोर्ड राखिएको छ । महानगरले भने मापदण्ड विपरित भएकाले त्यस्ता बोर्ड हटाउने बताएको छ । स्थानीय विज्ञापनदातालाई आफ्नो विज्ञापन राख्न खोज्दा सहरको सौन्दर्य बिग्रिने भन्दै कर तिरेर राखिसकेको विज्ञापन बोर्ड समेत च्यात्दै हिँड्ने महानगरले पहुँच र चलखेलका आधारमा एक्स्ट्रिमको बिज्ञापन बोर्ड राख्नेलाई मनपरी गर्न छुट दिएको छ । यतिसम्म कि ट्राफिक लाइट राख्न गाडिएका पोलमा समेत एक्स्ट्रिमले बिज्ञापन बोर्ड झुण्डाएर सहर कुरुप बनाएको छ । विद्युत प्राधिकरणले राखेको पोलमा महानगरका कर्मचारीले एक्स्ट्रिमलाई मनपरी गर्न दिएका हुन् । मनपरी गर्न दिँदा लाखौँ रुपैयाँको चलखेल भएको आशंका गरिएको छ । चितवनको भरतपुर र नारायणगढ…
Read More
एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा साविक विजेता र उपविजेता भिड्ने

एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा साविक विजेता र उपविजेता भिड्ने

काठमाडौं,असोज ३- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक ९ गते (२६ अक्टोबर) देखि सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । जसअनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सार्वजनिक खेलतालिका अनुसार १५ नोभेम्बरसम्म समूह चरणका खेलहरु सञ्चालन हुनेछन् । यसपटक पनि खेलहरु दिउँसो तथा रात्रिकालिन रुपमा फ्लडलाइटमा खेलाइनेछ । १७ नोभेम्बरमा क्वालिफायर १ (पहिलो र दोस्रो स्थानमा रहने) टोलीबीच खेल हुनेछ । यस्तै, १८ नोभेम्बरमा एलिमिनेटर (तेस्रो र चौंथो स्थानमा रहने) टोलीबीच खेल हुने तालिका छ । १९ नोभेम्बरमा क्वालिफायर २ खेल…
Read More
अडिट–३ को टनेलबाट ११ शव निकालियो

अडिट–३ को टनेलबाट ११ शव निकालियो

काठमाडौं, असोज ३- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो । आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ । थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ ।
Read More
चितवन निकुन्ज भित्रको आर्मीको पोष्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर ‘रोनाल्डो’ हात्तीको मृत्यु

चितवन निकुन्ज भित्रको आर्मीको पोष्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर ‘रोनाल्डो’ हात्तीको मृत्यु

चितवन, असोज ३- चितवन राष्ट्रिय निकुञ्जको बिसहजारी तालनजिक मृत अवस्थामा भेटिएको रोनाल्डो हात्ती करेन्ट लागेर मृत्यु भएको खुलेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा घटनास्थलमै हात्तीको मृत्यु भएको हो । ‘आर्मीको वरण्डाभार पोष्टमा करिव १७ फिट माथिबाट विद्युतको कालो तार लागिएको थियो । त्यो तारलाई हात्तीले खाँदा करेन्ट लागको देखिन्छ,’ सूचना अधिकारी थापामगरले भने,‘कालो तार हात्तीको मुखमा नै थियो ।’ उनका अनुसार हात्ती सडकमा नै मरेको अवस्थामा फेला परेको हो । हात्ती हिजो राति मरेको उनको अनुमान छ । हात्ती मरेको स्थानबाट आर्मीको सुरक्षा पोष्ट सात सय…
Read More
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

चितवन, असोज ३ – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। रोनाल्डो आज बिहान बरन्डाभार क्षेत्रमा मृत फेला परेको हो। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मृत्युको कारण खुल्ने जनाइएको छ।
Read More
माथिल्लो त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

काठमाडौँ असोज २ – रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता व्यक्तिहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो। उद्धारका क्रममा ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालिएको उद्धार टोलीले जनाएको छ। टोलीका अनुसार सुरुङभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति पनि देखिएको छ। त्यस क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण…
Read More
जिप सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

जिप सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन, असोज २ – चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएका छन् । उहाँले भन्नुभयो, “आवश्यकताअनुसार कामदार प्रयोग गरेर सडक सरसफाइ सुरु गरिएको छ ।” यही असोज…
Read More