परीक्षा बोर्डको लापरबाहीको आरोप : परीक्षा दिएका विद्यार्थीलाई नतिजामा ‘एब्सेन्ट’, न्याय खोज्दै हेलो सरकारसम्म
चितवन, असार २९- राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गम्भीर त्रुटि भएको भन्दै चितवनका एक विद्यार्थी न्यायको खोजीमा विभिन्न निकाय धाइरहेका छन्। भरतपुर–७ निवासी १८ वर्षीय सुलोक गुरुङले आफूले कम्प्युटर विज्ञानको सैद्धान्तिक परीक्षा दिएको भए पनि नतिजामा ‘एब्सेन्ट’ (अनुपस्थित) देखाइएकाले आफ्नो शैक्षिक भविष्य अन्योलमा परेको बताएका छन्। अंकुरम एकेडेमीका विद्यार्थी सुलोकले कम्प्युटर विज्ञानबाहेक अधिकांश विषयमा ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन्। विद्यालयले प्रयोगात्मक परीक्षामा पूर्णाङ्क दिएको भए पनि सैद्धान्तिकतर्फ भने उनी अनुपस्थित देखिएका छन्। नतिजा सार्वजनिक भएपछि परिवारले इडेन गार्डेन परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएको प्रमाण संकलन गरी हेटौंडास्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयदेखि भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा…