कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना एक्याप लोमान्थाङ सहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपी र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री…
Read More
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

नेपाल कम्युनिष्ट पार्टी एमालेले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो । आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ । मनोनयनपछि आजै दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र…
Read More
सडक पूर्वाधार केन्द्रित चितवनका स्थानीय तह

सडक पूर्वाधार केन्द्रित चितवनका स्थानीय तह

तपाईंको कार्यकक्षमा सबैभन्दा धेरै कस्ता योजना माग गर्ने महानगरबासी आउँछन्? भन्ने प्रश्न पूरा हुन नपाउँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको मुखबाट फ्याट्ट जवाफ निस्कियो ‘सडक’। दाहालको जवाफलाई भरतपुर महानगरपालिकाको तथ्यांकले पनि पुष्टि गर्छ। पछिल्लो आठ वर्षमा महानगरपालिकाले एक हजार एक सय ४६ किलोमिटर सडक कालोपत्र गरेको दाहालको सचिवालयले जनाएको छ। यसका लागि महानगरपालिकाले नौ अर्ब रुपैयाँ बराबरको रकम खर्चिएको पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर सन्तोष आचार्यले बताए। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै महानगरपालिकाले यातायात पूर्वाधारमा एक अर्ब २५ करोड ६६ लाख ७५ हजार सात सय ६९ रुपैयाँ खर्च गरेको छ। जुन महानगरपालिकाको कुल खर्चमध्ये ३१.१४ प्रतिशत हो। सो अवधिमा…
Read More
एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाइयो, अब १९ पदाधिकारी, कुनको संख्या कति ?

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाइयो, अब १९ पदाधिकारी, कुनको संख्या कति ?

इतर पक्षको असहमतिबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएका छन् । यसअघि विधान संशोधन गरेर १५ मा झारिएको थियो । तर, अध्यक्ष ओलीले नेता व्यवस्थापनको सहजताको लागि पदाधिकारीको संख्या पहिलेजत्तिकै १९ बनाउने प्रस्ताव केन्द्रीय समितिबाट पारित गराएका हुन् । पछिल्लो पारित प्रस्तावअनुसार अब वरिष्ठ उपाध्यक्ष पद हुने छैन । तर, एक अध्यक्ष, पाँच उपाध्यक्ष, १ महासचिव, तीन उपमहासचिव र ९ सचिव गरी पदाधिकारी १९ बनाउन निर्णय केन्द्रीय कमिटीबाट गरिएको हो, जसमा ३३ स्थायी कमिटी र ९९ पोलिटब्युरो र ३०१ केन्द्रीय सदस्य हुनेछन् । ओलीको यो प्रस्तावको विपक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य,…
Read More
सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

चितवनको कालिका नगरपालिका–१०, स्थित सिद्धि चेपाङ छात्रावासलाई नारायणगढका तीन वटा क्लवले लत्ताकपडा सहयोग गरेको छ । नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा छात्रावासमा पुगेर आवश्यक लत्ताकपडा सहयोग गरेको हो । छात्राबासलाई जाडोका लागि चाहिने न्यानो कपडाहरु, ब्ल्याङकेट, सिरानी, आवश्यक अन्य सामग्रीहरु सहयोग गरिएको नारायणगढ लायन्स क्लवका अध्यक्ष सनद कुमार पियाले जानकारी दिनुभयो । उहाँले विगत केही वर्षयता निरन्तर यस छात्रावासमा आवश्यक सहयोग गरिरहेको भन्दै अब दिर्घकालिन काम गर्न आवश्यक रहेको बताउनुभयो । लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष जोशिला पियाले विगतदेखि यस छात्राबासमा सहयोग गर्दै आएकोमा अहिले जाडोयामलाई ध्यानमा राखेर आवश्यक…
Read More
खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार पठाउन लागिएको हो । भैरहवा विमानस्थलबाट हात्ती पठाउन लागिएको हो । चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उहाँले बताउनुभयो । जहाजको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लगिने तयारी छ । कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो…
Read More
सुनको भाउ हालसम्मकै महँगो,आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ हालसम्मकै महँगो,आज कतिमा हुँदैछ कारोबार ?

आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम…
Read More
जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर

जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउँदो पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्ने तथा पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म हुनेगरी अनिवार्य रुपले सम्भावित उम्मेदवारको नामावली पठाइसक्न मातहत समितिलाई सर्कुलर जारी गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको सङ्घीय…
Read More
तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड

तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड

नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बागलुङ सदरमुकाममा आयोजित एकता सन्देश सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके वर्तमान सरकारप्रति जनविश्वास घट्ने बताएका हुन् । नेकपा नेतृ एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव गराउने रहेकाले त्यसमा केन्द्रीत हुन आग्रह गर्नुभयो । “फागुन २१ मै निर्वाचन हुनुपर्छ, सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचनको वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शनपछिको अवस्थामा मुलुकलाई नयाँ जनमतसहित अगाडि बढाउन निर्वाचनको विकल्प छैन । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि निर्वाचन अपरिहार्य छ ।”…
Read More
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताउनुभयो । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने काम गरेका छौँ । यहाँ व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्”, महानगर प्रमुख सिंहले भन्नुभयो । यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय…
Read More