सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् । जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२…
Read More
संस्कृति संरक्षण र प्रवर्द्धनमा गुरुङ समुदायको पहल

संस्कृति संरक्षण र प्रवर्द्धनमा गुरुङ समुदायको पहल

जिल्लाका गुरुङ समुदाय आफ्ना मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भएर जुटेका छन् । समयक्रमसँगै आधुनिक जीवनशैली र प्रविधिको प्रभाव बढ्दै जाँदा नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति चासो घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै गुरुङ समुदायले संस्कृति संरक्षण र प्रवर्द्धनका लागि सङ्गठित भई अभियान सञ्चालन गरेका हुन् । जिल्लास्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष देवबहादुर गुरुङले आधुनिकतासँगै प्रविधिको प्रयोग बढ्दै जाँदा गुरुङ समुदायका मौलिक संस्कार र संस्कृतिहरू लोप हुने अवस्थामा पुग्ने जोखिम रहेकाले परिषद्ले संरक्षण र प्रवर्द्धनका लागि पहल थालेको बताउनुभयो । परिषद्ले निरन्तर रूपमा तालिम, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।…
Read More
कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको आजैको बैठकले उम्मेदवार मनोनयनको निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो । बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपाङ्गता/अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत् तिमिल्सिनालाई (अन्य)मा उम्मेदवार कायम गरेको छ । यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता÷अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) र सुदूरपश्चिम…
Read More
राष्ट्रियसभा निर्वाचनः चितवनकी गीता देवकोटालाई कांग्रेसले बनायो उम्मेदवार

राष्ट्रियसभा निर्वाचनः चितवनकी गीता देवकोटालाई कांग्रेसले बनायो उम्मेदवार

आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले बागमती प्रदेश तर्फको एक सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । माघ ११ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले चितवनको महासमिति सदस्य रहेकी देवकोटालाई उम्मेदवार बनाएको हो । उनी पेसाले मौरीपालक कृषक हुन् । रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन भएकी देवकोटा विगत ३२ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छिन् । देवकोटाले उम्मेदवारीलाई उनको लामो राजनीतिक सङ्घर्ष र सामाजिक योगदानको रूपमा लिएको बताइन् । कांग्रेसको वडा तहको सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा महिला संघ, नेपाल विद्यार्थी…
Read More
राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव

राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव

नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेका छन् । यसअघि नै सिफारिस भएर आएका नामउपर छलफल गरेर टिकट दिने कार्यमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल व्यस्त छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिन लागिएको छ ।
Read More
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिङ्ग पहिचान हुन नसकेको उहाँले जानकारी दिनुभयो । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उहाँको भनाइ छ…
Read More
जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लाग्नुभयो । लाउलाउँ खाउखाउँ उमेरका उहाँ अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उहाँको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ । चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गर्नुभयो । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नुपरयो । चुरेको काखमा लगभग १० धुर…
Read More
सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल

सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल

गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ । नदीजन्य पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सूचक प्रजातिका रूपमा रहेको अतिसङ्कटापन्न घडियाल गोहीलाई असर पुग्नेगरी तियारी जाल प्रयोग गरी माछा मार्ने कार्य प्रचलित कानुनबमोजिम दण्डनीय अपराध भएता पनि बेलाबेला यस्ता घटना दोहोरिरहन्छन् । कतिपय अवस्थामा थाहा पाएर उद्धार हुने गरे पनि धेरै अवस्थामा सङ्कटापन्न घडियाल अकालमै ज्यान गुमाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले घडियाल संरक्षणका लागि बेलाबेला अनुरोध गर्दै सचेतना फैलाउँदै आएको छ । नदीमा अनियन्त्रित…
Read More
प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसङ्ख्या घटेको जनाइएको छ । अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति…
Read More
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य…
Read More