कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता
पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका कलाका माध्यमबाट पछिल्ला समयमा भइरहेको जलवायु परिवर्तनको प्रभावसँगै नेपालको बढ्दो युवा पलायनप्रति चिन्ता व्यक्त गरिएको हो । सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा राखिएका कलामार्फत नेपाली प्रकृति र संस्कृतिको उजागर गर्न खोजिएको छ नै बढ्दै गएको जलवायु परिवर्तन तथा युवा पलायन जस्ता कुरालाई जीवन्त चित्रण गर्न खोजिएको छ । जलवायु परिवर्तनको असरलाई कलामार्फत प्रस्तुत गर्दै कलाकार रिक गुरुङले बढ्दै गएको तापमानका कारण पृथ्वी आकुलव्याकुल भएको र यसबाट बचाउनका लागि शङ्खघोष गर्न खोजेको दृश्य देखाइएको छ । त्यस्तै गुरुङले प्रदर्शनीमा…