आँखा गुमे पनि बाघकै संरक्षणमा जुटिरहेका भदै थारू
यामकुमारी कँडेल बर्दिया । महिनौँदेखि भदै थारूले देखेको सपनाको एउटा संस्करण हो यो। सपनामा विश्वास गर्नेहरूका लागि, यसको अर्थ के हुन सक्छ भनेर उहाँले सोचिरहनुभयो । जनवरी २००४ को त्यो बिहान, ३६ वर्षीय थारू बिउँझनुभयो र आफ्नो सपनालाई जीवन्त रूपमा सम्झनुभयो । पश्चिम नेपालको गौरी महिला सामुदायिक वनमा बाघले हरिणलाई छिटो-छिटो खाइरहेको थियो। यो सपनाबारे सोच्दा उहाँलाई बेचैन बनायो उहाँलाई छिट्टै केही नराम्रो हुनेछ भन्ने लागिरहेको थियो। तर, सोही दिन उक्त सामुदायिक वनका तत्कालीन अध्यक्ष रहेका भदै र उहाँकी श्रीमती, त्यस क्षेत्रका अन्य मानिसहरूझैँ, घर छाउने खर काट्न जङ्गल पस्नुभयो । दिउँसो कुहिरो लागेको मौसम थियो। सामुदायिक वन बाक्लो र…