नारायणी नदीमा डुबी माझी वेपत्ता

नारायणी नदीमा डुबी माझी वेपत्ता

नारायणी नदीमा डुबी माझी वेपत्ता

नवलपुर । नवलपुरको नारायणी नदीमा डुबेर एक जना पुरुष वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १५ प्रजेटघाट स्थित नारायणी नदीमा माछा मार्ने क्रममा कावासोती १५ निवासी ५९ बर्षीय खुलचन माझी वेपत्ता भएका हुन् । उनी आज दिउँसो साढे २ बजेबाट वेपत्ता भएको र अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरबा प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । एकै परिवारका ३ जना श्रीमान्, श्रीमती र छोरा भएर जाल हानी माछा मार्ने क्रममा अचानक डुंङ्गा पल्टन गरी माझी वेपत्ता भएका हुन् । उनकी श्रीमती र छोरा भने डुङ्गा समाएर बाच्न सफल भएको प्रहरीले जनाएको छ । नारायणी नदी किनारमा…
Read More
कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते

कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते

कावासोती । नवलपुरको कावासोतीमा छोराको कुटपिटबाट बाबुआमा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १३ लौखानी बस्ने ३४ बर्षीय चिन्तामणी बस्यालले मादक पदार्थ सेवन गरी ढोकाको गजबारले आफ्ना बाबुआमालाई कुटपिट गरेको थिए । छोराको कुटाइबाट ७२ बर्षीय बुवा बालकृष्ण बस्याल र ६८ बर्षीया आमा जालपी बस्याल गम्भीर घाइते भएका छन् । उनहरुको हातखुट्टामा चोट लागेको छ । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । प्रहरीले छोरालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मत पारित भएको छ । रत्ननगर नगरपालिकाले पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा सुशासन प्रवर्द्धनलाई जोड दिँदै आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको थियो । नगरको १५औँ नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले प्रस्तुत गरेको बजेट दोस्रो सभाले सर्वसम्मत पारित गरेको हो । यस्तै सुशासन समितिका संयोजक कलाधर पौडेलले पेस गरेको कर तथा गैरकरसम्बन्धी विधेयक २०८१ पनि सर्वसम्मत रुपमा पारित भएको छ । यस्तै एकीकृत सम्पत्ति कर तथा भूमिकरसम्बन्धी व्यवस्थाका लागि उपप्रमुख पाठकले पेस गरेको आर्थिक…
Read More
चितवनमा झण्डै दुई हजार जनामा डेङ्गु संक्रमण

चितवनमा झण्डै दुई हजार जनामा डेङ्गु संक्रमण

चितवन । चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेङ्गु सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो । यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार…
Read More
चितवन निकुञ्जमा जीप सफारी बन्द

चितवन निकुञ्जमा जीप सफारी बन्द

चितवन १६ असार  । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द हुने भएको छ । वर्षा सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाइने भएको हो । अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
Read More
खैरहनीमा न्याय सम्पादन : ७५ प्रतिशत मुद्दामा मेलमिलाप

खैरहनीमा न्याय सम्पादन : ७५ प्रतिशत मुद्दामा मेलमिलाप

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले दर्ता हुन आएका मध्ये करिब ७५ प्रतिशत मुद्दा मेलमिलापबाट निरुपण गरेको छ । चालु आर्थिक बर्षको ११ महिनामा १४७ वटा मुद्दा दर्ता हुन आएकोमा १०९ वटा मेलमिलापबाट निरुपण गरिएको उपमेयर तथा न्यायिक समिति संयोजक कविता उप्रेतीले जानकारी दिनुभयो । दर्ता हुन आएका मध्ये १५ वटा मुद्दा जिल्ला अदालत सिफारिस, १९ वटा मुद्दा प्रक्रियामा रहेको, दुबै पक्ष छलफलमा नआएपछि ४ वटा मुद्दा रद्द गरिएको उहाँले जानकारी दिनुभयो । आर्थिक लेनदेन सम्बन्धी ३६ वटा, जग्गा किचलो २१ वटा, श्रीमान श्रीमति बीचको विवाद २१ वटा, घरेलु हिंसा सम्बन्धी १४ वटा, पारिवारीक झगडा १२ वटा, अरुको जग्गामा संरचना…
Read More
चार जिपीए ल्याउने स्काइराइडरका देवकोटालाई सम्मान

चार जिपीए ल्याउने स्काइराइडरका देवकोटालाई सम्मान

रत्ननगर । स्काइराइडर आवासीय माविलले एसइई परीक्षामा चार जिपीए ल्याउने संयोग देवकोटालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी देवकोटालाई सम्मान तथा पुरस्कृत र एसइई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई विदाई गरेको हो । देवकोटालाई नगद २० हजार नगद पुरस्कार सहित सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले, विद्यालयका निर्देशक दुर्गा पुरी र विद्यालयका प्राचार्य मदन पुरीले देवकोटा सहित एसइई परीक्षामा उत्तीर्ण भएकालाई सम्मान गरेका हुन् । चार जिपीए ल्याउन सफल देवकोटा उक्त विद्यालयमा नर्सरी देखि पढ्दै आएका छन् । कार्यक्रमका देवकोटाले स्काइराइडरमै कक्षा १२ सम्म बनेर भविश्वमा…
Read More
रिलेशन खबर डटकम डिजिटल पत्रिका सुभारम्भ

रिलेशन खबर डटकम डिजिटल पत्रिका सुभारम्भ

रत्ननगर । चितवनबाट अर्को एउटा अनलाईन डिजिटल पत्रिका सञ्चालनमा आएको छ । रत्ननगरमा लामो समय देखि रिलेशन एफएम सञ्चालन गरिरहनु भएका अनिल अधिकारीले डिजिटल पत्रिकाको रुपमा रिलेशन खबर डट कम सुरु गर्नुभएको हो । नागरिकको सुचना पाउने अधिकार सुनिश्चितताको लागि डिजिटल पत्रिकाको सुरुवात गरिएको अधिकारीले बताउनुभयो । एसलीन मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित सो अनलाईनको सम्पादकमा पुष्पा लम्साल रहनुभएको छ । सुचना विभागमा अधिकारिक रुपमा दर्ता गरी सुरु गरिएको सो अनलाइनमा स्थानीय विषयबस्तुहरुलाई समाचारको रुपमा प्रकासन गरिने छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय समचारसंगै उक्त अनलाइनमा स्थानीय स्तरका समाचार तथा सफलताको कथाहरु प्रकासन गरिने अधिकारीले बताउनुभयो । एफएम रेडियोबाट सिकेको अनुभवलाई डिजिटल…
Read More
पत्रकार महासघ इलाम शाखामा तालाबन्दी

पत्रकार महासघ इलाम शाखामा तालाबन्दी

इलाम १५ असार । प्रेस युनियन इलामले नेपाल पत्रकार महासंघ इलाम शाखामा तालाबन्दी गरेको छ । महासंघको सदस्यता विवादलाई विधान अनुरुप टुङ्ग्याउन पत्रकार महासंघ उदाशिन भएको भन्दै युनियनले पाँच बुँदे माग सहित तालाबन्दी गरेको हो । प्रेस युनियन जिल्ला अध्यक्ष सविता पाण्डेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जिल्ला शाखाहरुले सिफारिस गरि पठाएको नामावली मापदण्ड विपरित साटफेट गरि क्रियाशिल पत्रकारहरुलाई पाखा लगाउन खोजिएको भन्दै सर्वसम्मत पठाएका सदस्यहरुलाई कायम गर्न माग गरिएको छ । माग पुुरा नभएसम्म शाखा कार्यालयमा गरिएको तालाबन्दी कामयै रहने विज्ञप्तीमा उल्लेख छ । साथै यस्तो विषम परिस्थितिमा नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अघि नबढाउन पत्रकार महासंघको जिल्ला नेतृत्व र निर्वाचन…
Read More
कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं : मेयर रेग्मी

कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं : मेयर रेग्मी

कालिका । आज असार १५, मानो रोपेर मुरी फलाउने दिन । देशभरका किसानहरुले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रर्वद्धनका लागि नेपाल सरकारले राष्ट्रिय स्तरमै धान दिवस मनाउँने गरेको छ । आज देशभरका किसानहरुले विभिन्न कार्यक्रमगरी धान दिवस मनायो । कालिका नगरपालिकाका किसानहरुले पनि २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ भव्य कार्यक्रमका बीच मनाइएको छ । कालिका वडा नं. ८ स्थित न्यूरेनी ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाले न्यूरेनीमा आयोजना गरेको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । उहाँले धान रोपेर रोपाइँ महोत्सवको…
Read More