चेक अनादर मुद्दाका दोषीलाई दुई वर्ष जेल हाल्ने संसदीय समितिमा सहमति

चेक अनादर मुद्दाका दोषीलाई दुई वर्ष जेल हाल्ने संसदीय समितिमा सहमति

चेक अनादर मुद्दाका दोषीलाई दुई वर्ष जेल हाल्ने संसदीय समितिमा सहमति

काठमाडौ, २३ भदौ। चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ। आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भई सर्वसम्मत रुपमा पारित भएको हो। संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ। दफाबार छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वसहमतिले पास भएको घोषणा गरे। उनले चेक…
Read More
क्यानडामा जागिर पाउन सकस

क्यानडामा जागिर पाउन सकस

ओट्टावा, २३ भदौ । क्यानडामा नवआगन्तुक विदेशीले जागिर पाउन सकस भइरहेको छ । आप्रवासनमा भएको वृद्धिसँगै जनसङ्ख्या बढेपछि क्यानडामा बाहिरबाट आउनेले काम पाउन छाडेका छन् । त्यहाँका व्यवसायहरूले कर्मचारी भर्ती सुस्त पारेका छन् । अगष्टमा मात्रै सो देशमा काम गर्ने उमेरको जनसङ्ख्या ९६ हजार ४०० ले बढेको तथ्यांक कार्यालय स्ट्याटिष्टिक्स क्यानडाले जारी गरेको तथ्यांकमा उल्लेख छ । गएको महिना ८२ हजार जनाले त्यहाँको श्रम बलमा सहभागिता जनाएका थिए । तर सो अवधिमा खुद रोजगारी भने २२ हजार १०० ले मात्रै बढ्यो । पछिल्ला अन्तिम तीन महिनामा क्यानडाको अर्थतन्त्रले श्रम बलमा सहभागी हुने हरेक ६ मध्ये एक जनाका लागि मात्रै रोजगारी…
Read More
१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

काठमाडौँ  २३ भदौ । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी हुनुहुन्थ्यो । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ । सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आउनुभएको छ । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो । प्रदर्शनीमार्गस्थित बोर्डको कार्यालयमा आज पदबहाली गर्दै सीइओ जोशीले आफ्नो प्राथमिकता बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुमा रहेको बताउनुभयो । रासससँगको…
Read More
चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु

चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु

चितवन,२३ भदौ । चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ चुनेखोला स्थित नारायणगढ मुग्लिन सडक खण्डमा गएराति ८ः४० बजे भैंसी लिएर काठमाण्डौँ तर्फ जाँदै गरेको ना ८ ख ५१६१ नम्बरको ट्रकमा नारायणगढ तर्फ आउँदै गरेको बा.प्र.०३००२ प ६१७८ नम्बर स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु् हुनेमा तनहुँको घाँसीकुवाका ३७ वर्षिय कृष्णबहादुर थापा रहेका छन् । गुडिरहेको ट्रकको बायाँ साईटमा ठोक्किदा गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेजमा गएराति ९ः१० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । घट्नाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।…
Read More
चितवनको राप्ती नदीमा बेपत्ता दुई पुरुष मध्ये एकको शव फेला

चितवनको राप्ती नदीमा बेपत्ता दुई पुरुष मध्ये एकको शव फेला

चितवन, २३ भदौ। चितवनको राप्ती नदीमा बेपत्ता भएका दुई पुरुष मध्ये एक जनाको शव फेला परेको छ । फेला पर्नेमा भरतपुर महानगरपालिका- २५ चितई बस्ने ४३ वर्षिय सञ्जिव कुमार चौधरी रहेका छन् । चौधरीको शव मेघौली एयरपोस्टबाट खटिएको नेपाली सेना र इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटिएको प्रहरीको टोलीले घटना स्थलभन्दा ६ किलोमिटर तल आइतबार ११ः५० को समयमा फेला परेको हो । शुक्रबार भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न चौधरी सहित भरतपुर २७ का ४५ वर्षीय शुकबहादुर परियार बेपत्ता भएका थिए । अर्का बेपत्ता परियारको भने नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखेको छ ।
Read More
माओवादी संविधान संशोधन विरोधी होइनः अध्यक्ष दाहाल

माओवादी संविधान संशोधन विरोधी होइनः अध्यक्ष दाहाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे । उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको बताए । भ्रष्टाचारी एवं विचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “माओवादी पार्टी सत्ताबाट…
Read More
कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

चितवन । नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पु¥याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई बिशिष्ट सम्मान गर्न लागिएको हो । बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिए । पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान…
Read More
तोलामा रु एक हजार दुई सयले घट्यो सुनको मूल्य

तोलामा रु एक हजार दुई सयले घट्यो सुनको मूल्य

भदौ २३ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ । रासस
Read More
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ २३ भदौ  । दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शान्तिनगर गाउँपालिका(१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बाँके र चितवनबाट लागूऔषध सहित तीनलाई जना पक्राउ गरेको छ । जसमा बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतको रूपडिया बजारबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-७ बुद्दचोक डेरा गरी बस्ने कालिका नगरपालिका-४ पदमपुर घर भएका २६ वर्षीय अनोज स्याङबोको कोठाबाट नियन्त्रित…
Read More