चीनसँग सम्झौता गर्नु बेलायतका लागि निकै खतरनाकः ट्रम्प

चीनसँग सम्झौता गर्नु बेलायतका लागि निकै खतरनाकः ट्रम्प

चीनसँग सम्झौता गर्नु बेलायतका लागि निकै खतरनाकः ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका लागि चीनसँग सम्झौता गर्नु ‘धेरै खतरनाक’ भएको बताएका छन्। बेलायतका प्रधानमन्त्री कियर स्टार्मर चीन भ्रमणमा रहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। प्रधानमन्त्री स्टार्मर र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि ट्रम्पको प्रतिक्रिया सार्वजनिक भएको हो। तीन दिनको चीन भ्रमण बेलायत र चीनबीचका सम्बन्धलाई नयाँ ढंगले सुदृढ गर्ने उद्देश्यका साथ गरिएको बताइएको छ। दुवै देशबीच भएका सम्झौताहरूको उद्देश्य व्यापार र लगानी विस्तार गर्नु रहेको छ।फस्र्ट लेडी मेलानिया ट्रम्पमाथि बनेको एक डकुमेन्ट्रीको प्रिमियरका क्रममा जब ट्रम्पलाई बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न लागेको विषयमा प्रश्न गरिएको थियो, उनले भने, ‘यो उनीहरूका लागि निकै खतरनाक छ।’ यो…
Read More
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्दै त्यस्तो शासनको अन्त्य गर्न कम्युनिष्ट र कांग्रेसको सहकार्यले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । “निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरूको…
Read More
थाइल्यान्डमा सैन्य विमान दुर्घटना, दुई पाइलटको मृत्यु

थाइल्यान्डमा सैन्य विमान दुर्घटना, दुई पाइलटको मृत्यु

उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा बिहीबार विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको रोयल थाई एयर फोर्स (आरटीएएफ) ले जनाएको छ । विङ –४१ लाई तोकिएको एटी–६ टीएच विमान चियाङ माई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६० किलोमिटर दक्षिणपश्चिममा रहेको चोम थोङ जिल्लामा स्थानीय समय अनुसार विहान १०ः२० मा दुर्घटनामा परेको आरटीएएफका प्रवक्ता चकरित थम्माभिचाईले बताएका छन् । दुर्घटनाको समयमा पाइलटहरूले लडाइँ खोजी र उद्धार प्रशिक्षण अभ्यास गरिरहेको पुष्टि गर्दै दुर्घटनास्थलको वरपर कुनै नागरिक घाइते वा सम्पत्ति क्षति भएको रिपोर्ट नगरिएको चकरितले विज्ञप्ति जारी गर्दै जनाउनु भएको छ । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन सुरक्षा मापदण्डहरूको…
Read More
पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका सुन्तला निर्यात भएको छभने मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाट अन्यत्र निर्यात गरिएको हो । कार्यालयका अनुसार यस वर्ष तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएर निर्यात भएको हो । कृषकले प्रतिकिलोग्राम रु ९५ देखि रु १२० सम्म बोटबाटै बिक्री भएको…
Read More
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध

छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्याङ्कअनुसार हाल एक लाख ३१ हजार १२७ जना स्वास्थ्य बिमामा आबद्ध बनिसकेका छन् । बिमामा आबद्धता हुनेहरुमा ६७ हजार ५१७ महिला र ६३ हजार ६०८ पुरुष रहेका छन् । जिल्लामा रहेका १२ स्थानीय तह मध्यमा सङ्ख्याका आधारमा रेसुङ्गा नगरपालिका स्वास्थ्य बिमा गर्नेमा सबैभन्दा अगाडि छ । उक्त नगरपालिकामा २५ हजार २१२ व्यक्ति बिमामा आबद्ध…
Read More
तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् । कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ निवासी २६ वर्षीय बिमल वनमालाको भक्तपुर अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय…
Read More
चितवनको गहुँमा नयाँ रोग

चितवनको गहुँमा नयाँ रोग

जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो । कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार अहिले किसानले गहुँको पात पहेँलो भएको र जरामा कीराले खाएको जस्तो समस्या लिएर आएका छन् । अहिले रोग के हो भन्ने पुष्टि हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान समस्या लिएर कार्यालय आएका छन्, हामी फिल्डमा गएर अध्ययन गर्ने क्रममा छौँ, अध्ययनपछि…
Read More
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको कागबेनी—मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् । बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएरअवरुद्ध सडक खुलाउन पहल गरेपनि थप हिउँ पर्न सक्ने अनुमान कारण हिउँ पन्छ्याउन प्रयास रोकेको थियो । मुक्तिनाथ जाने कागबेनी—मुक्तिनाथ सडक अन्तर्गत कागबेनीको पहिलो मोडदेखि कागबेनी सेल्फी पार्क, कालोभीर, खिङ्गा, झारकोटलगायतका स्थानमा बाँक्लो हिउँ जमेकाले सडकअवरुद्ध बनेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी…
Read More
म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् । लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरुलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गर्नुभयो । मोवाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत उपभोग गर्दै आएका छन् । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा पुगेको थियो । लघुजलविद्युतको विद्युत भएकाले स्थानीयबासीहरुले घरमा…
Read More
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताउनुभयो । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उहाँले बताउनुभयो । आगलागीको कारण भने खुलेको छैन । रासस
Read More