उद्योग संघ रत्ननगरको साधारण सभा : तीन सफल व्यवसायी सम्मानित
रत्ननगर । चितवन उद्योग संघ रत्ननगर समितिको छैठौं बार्षिक साधारण सभा आइतबार गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरमा मेयर प्रलाद सापकोटले आर्थिक मन्दी र बैँकको व्याजरका कारण व्यवसायी मारमा परेको भन्दै बैकबाट रिणिको धितो लिलामी प्रकियाको लागि स्वयम् व्यक्ति उपस्थित नभए सम्म सिफारिस नदिने बताए । सौराहालाई पर्यटन क्षेत्रघोषणा गर्न उद्योगी व्यवसायी एकजुट हुनपर्ने भन्दै उनले व्यवसायिक विकासको लागि साझा योजना बनाउन आग्रह गरे । बिद्युतको समस्या समाधानको लागि आवश्यक पहल भइरहेको भन्दै मेयर सापकोटाले स्थानीयलाई रोजगारी सृजना गर्न रोजगार मेला गर्न समेत सुझाव दिए । उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीले पूर्वी चितवनमा उद्योग सञ्चालनमा प्रमुख चुनौतीको…